आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

एकीकृत समाजवादी पार्टी रोजेपछि बागमती प्रदेश मन्त्री खनालले दिए राजीनामा

गोकर्णेश्वर खबर१६ भाद्र २०७८, बुधबार ११:३७ मा प्रकाशित (२ साल अघि) २१५ पाठक संख्या

काठमाडौं । बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् ।

नेकपा एमालेका तर्फबाट मन्त्री बनेका उनले माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेपछि बुधबार मन्त्री पदबाट राजीनामा दिएका हुन् ।

खनालले राजीनामा दिएपछि अब बागमती प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यसहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र छन् ।

खनालसहितका बागमती प्रदेशसभाका १२ सदस्यले मंगलबार निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा एकीकृत समाजवादी रोजेका थिए ।