आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

घरमा आगलागी हुँदा श्रीमान-श्रीमतीको मृत्यु

गोकर्णेश्वर खबर१५ भाद्र २०७८, मंगलवार २३:०२ मा प्रकाशित (२ साल अघि) १३३ पाठक संख्या

लम्जुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिका–९ सेग्ले (सिमपानी) मा एक घरमा आगलागी हुँदा एक दम्पतीको मृत्यु भएको छ ।

घरमा आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी ४५ वर्षीया श्रीमती पशुपति भण्डारीको गएराति मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।

बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०/१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर आएका थिए । पेशाले धर्मराज पूर्वगोरखा सैनिक रहेको र छोराछोरी कोही नभएको स्थानीयको भनाइ छ ।

ग्यास लिक भएर आगलागी भएको हुनसक्ने अनुमान गरिएको छ । ढुंगामाटोको गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर सबै जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ ।