FLASH NEWS
आज: ७ आश्विन २०७८, बिहीबार | Thu, 23, Sep, 2021 Gokarneshwor TV HD

प्रेम प्रसाद श्रेष्ठबाट क्षेत्रीय सचिवमा उम्मेदवारी दिने घोषणा

गोकर्णेश्वर खबर१५ भाद्र २०७८, मंगलवार २१:३१ मा प्रकाशित (३ हफ्ता अघि) ६७ पाठक संख्या

१५ भदौ, काठमाडौं । नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ३ को सचिवमा प्रेम प्रसाद श्रेष्ठले उम्मेदवारी दिने घोषणा गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं २ का नेपाली कांग्रेसका सभापति समेत रहेका श्रेष्ठले सिंगो पार्टीपंक्तिलाई बलियो बनाउन आफूले क्षेत्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेको बताए ।

उनले १४ औं महाधिवेशनबाट क्षेत्रीय समितिलाई चलायमान बनाउँदै आसन्न तीनै तहका चुनावमा पार्टीलाई बलियो बनाउन आफूले क्षेत्रीय सचिवमा उम्मेदवारी दिने घोषणा गरेको गोकर्णेश्वर खबरलाई बताए ।

२०५० सालबाट मीनभवन क्याम्पसमा विद्यार्थी कालबाट राजनीति शुरु गरेका श्रेष्ठ नेपाली कांग्रेसको राजनीतिका सक्रियताका साथ खटिदै आएका छन् । सामाजिक विकासका क्षेत्रमा समेत कार्य गर्दै आईरहेका श्रेष्ठ बाल अधिकार तथा बाल संरक्षणको अभियानमा समेत लामो समयदेखि क्रियाशिल रहेका छन् । उनी गत स्थानीय चुनावमा नेपाली कांग्रेसका तर्फबाट वडा अध्यक्षको उम्मेदवार समेत रहेका थिए ।

उनले क्षेत्रका १३ वटै इकाईका अग्रज र साथीभाईको सल्लाह सुझाव लिएर अगाडी बढेकोले उनीहरुकै सहयोग लिएर जित्ने विश्वास व्यक्त गरे । उनले पार्टीलाई विधि पद्धतीमा चलाउने प्रतिबद्धता व्यक्त गर्दै सबैबाट सहयोग पाउने विश्वास समेत व्यक्त गरेका छन् ।