आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

सुन्दरीजलमा रक्तदान कार्यक्रम सम्पन्न

गोकर्णेश्वर खबर१५ भाद्र २०७८, मंगलवार १०:३० मा प्रकाशित (२ साल अघि) १६८ पाठक संख्या

१५ भदौ, काठमाडौं । स्वेता रक्तदान अभियान २०२१ अन्तर्गत अभियान शुरु गरिए पछि एक हजार पिन्ट रगत संकलन भएको छ । अभियान अन्तर्गत एक वर्षमा २ हजार पिन्ट रगत संकलन गर्ने उदेश्य थियो ।

सोमबार ओख्रेनी मा.वि. सुन्दरीजलमा स्वेता रक्तदान अभियान २०२१ को आयोजना र नेपाल तरुण दल काठमाडौं जिल्ला प्रचार प्रसार बिभागको व्यवस्थापन सहयोगमा आकस्मिक रक्तदान कार्यक्रम भएको हो ।

सोमबार आकस्मिक रक्तदान कार्यक्रममा २० पिन्ट रगत संकलन भए पछि स्वेता रक्तदान अभियानमा १ हजार पिण्ट रगत संकलन भएको हो । हजार पिण्ट रगत संकलन भएको अवसरमा अभियन्ता, समाजसेवी स्वेता श्रेष्ठबाट केक काटेर खुसीयाली साटासाट गरिएको थियो ।

नेपाल तरुण दल काठमाडौंका संगठन विभागका सदस्य गोकुल रोक्काको सभापतित्वमा भएको रक्तदान कार्यक्रमको उद्घाटन प्रमुख अतिथी तथा गोकर्णेश्वर नगरपालिकाका मेयर सन्तोष चालिसेबाट रक्तदातालाई ब्लडब्याग हस्तान्तरण गरी शुरु भएको थियो ।

कार्यक्रममा नगर उपप्रमुख शान्ति नेपाल, प्रमुख सल्लाहकार दीपक रिसाल, बिपि संग्रहालयका अध्यक्ष परशुराम पोखरेल, नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं. ३ का कोषाध्यक्ष किरण के.सी., वडा अध्यक्ष राम मानन्धर, नेपाली कांग्रेसका युवा नेता विमल ठकुरी, गोकर्णेश्वर नगरपालिकाका प्रवक्ता मनोजकुमार ढुंगाना, गोनपा १ का वडा सदस्य राजेन्द्र रोक्का, नेपाल तरुण दल काठमाडौं जिल्ला अध्यक्ष कृष्णजी खड्का, क्षेत्रीय अध्यक्ष सञ्जय लामा, तरुण दल काठमाडौंका प्रचारप्रसार विभाग प्रमुख गजेन्द्र पुडासैनी, तरुण दल संगठन विभाग प्रमुख बद्री के.सी., तरुण दल काठमाडौंका सदस्य देवदुत अधिकारी, तरुण दल संगठन विभाग उपसंयोजक अमृत खड्का, तरुण दल काठमाडौंका प्रचारप्रसार विभाग सदस्य राधेश्याम थापा, महिला हिंशा विरोधी अभियन्ता सानु लामा, ने.वि.संघ काठमाडौंका युवा नेता मनिष सिंखडा लगायतको उपस्थिती रहेको थियो ।

आकस्मिक रक्तदान कार्यक्रम नेपाल रेडक्रस सोसाईटी केन्द्रीय रक्तसञ्चार सेवाको प्राविधिक सहयोगमा भएको थियो ।