FLASH NEWS
आज: ७ आश्विन २०७८, बिहीबार | Thu, 23, Sep, 2021 Gokarneshwor TV HD

काठमाडौंको फोहर तत्काल उठाउने प्रबन्ध गर्न कामनपा प्रमुखलाई प्रधानमन्त्रीको निर्देशन

गोकर्णेश्वर खबर१४ भाद्र २०७८, सोमबार १८:५४ मा प्रकाशित (३ हफ्ता अघि) ११ पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंमा फोहर थुप्रिएकाले जतिसक्दो छिटो आवश्यक व्यवस्थापन गरेर फोहर उठाउने प्रबन्ध गर्न काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखलाई निर्देशन दिएका छन्।

उनले आज प्रधानमन्त्री निवास बालुबाटारमा कामपाका प्रमुख विद्यासुन्दर शाक्य र उपप्रमुख हरिप्रभा खड्कीलाई बोलाएर तत्काल फोहर उठाउने आवश्यक प्रबन्ध गर्न निर्देशन दिएका हुन्।

प्रधानमन्त्री देउवाले त्यसमा नेपाल सरकारको तर्फबाट पूर्ण सहयोग हुने बताएका हुन्।

सम्बन्धित अन्य सरकारी निकायबाट पनि समन्वय हुने भन्दै उनले काठमाडौंको फोहर उठाउने व्यवस्था गर्न निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। रासस