आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

मन्त्रालय बाँडफाँटको टुंगो लगाउन गठबन्धनको बैठक बालुवाटारमा जारी

गोकर्णेश्वर खबर१४ भाद्र २०७८, सोमबार १०:४७ मा प्रकाशित (२ साल अघि) ९३ पाठक संख्या

काठमाडौं । मन्त्रालयको भागबन्डा टुंगो लगाउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ।

प्रधानमन्त्रीको सरकारी निवास (बालुवाटार) मा सुरु बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाबाट अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई लगायतका नेताहरु रहेका छन्।

आइतबार बिहान र साँझ दुईपटक बैठक बसे पनि मन्त्रालय भागबन्डाका विषयमा सहमति नजुटेपछि अहिले पुनः गठबन्धनका नेताहरूको बैठक बसेको हो।

प्रधानमन्त्री देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले भने समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताएका छन्।

गठबन्धनका दलबीच कुन दलले कति मन्त्रालय लिने भन्नेमा सहमति भएपछि आजै सम्बन्धित दलले मन्त्री बन्नेहरूको नाम दिने र मन्त्रिमण्डल विस्तार गर्ने तयारी छ।

एकीकृत समाजवादीले आफ्ना मन्त्रीहरूको टुंगो लगाउने जिम्मा अध्यक्ष नेपाललाई हिजै दिइसकेको छ। यस्तै जसपाले आजै बैठक बसेर नाम टुंगो लगाउने स्रोतले जनाएको छ।

जसपामा राजेन्द्र श्रेष्ठले सरकारको नेतृत्व गर्ने सम्भावना उच्च छ। यस्तै मोहम्मद इस्तियाक राई, महेन्द्र राय यादव र रेनु यादव फुलमन्त्री हुनेछन्। जसपाले ४ मन्त्री र एक राज्यमन्त्री पाउने लगभग समझदारी छ।