आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

स्वेता अभियानले भोली आकस्मिक रक्तदान गर्दै

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार २२:५९ मा प्रकाशित (२ साल अघि) ११५ पाठक संख्या

काठमाडौं । स्वेता अभियानले आकस्मिक रक्तदानको कार्यक्रम गर्ने भएको छ ।

सामाजिक अभियान्ता स्वेता श्रेष्ठको आयोजनामा भाद्र १४(भोली) गते सुन्दरीजलमा रक्तदानको कार्यक्रम राखिएको हो ।

कोभिडका कारण अस्पतालहरुमा रगतको बढ्दो माग भएको गुनासोपछि आकस्मिक रक्तदानको कार्यक्रम राखिएको आयोजक तथा समावसेवी स्वेता श्रेष्ठले जानकारी दिएन । उनका अनुसार कोरोनाको दोस्रो भेरियन्टले अधिकाशं नेपालीजनमा संक्रमण गरेको र संक्रमणपछि शरिर कमजोरका कारण साथै कोभिडको सन्त्रासका कारण रगत संकलनमा कमी आएको रक्तसंचारको गुनासोपछि यो अभियान सुरु गरिएको हो ।

सामाजिक काममा निरन्तर खटिदैं आएकी श्रेष्ठले यो अभियानमा सहभागी भई रगतको कमीकै कारण कसैले ज्यान नगुमाउन भन्ने अभिप्रायले रक्तदानमा सहभागी भई सहयोग गरिदिन अपिल गरेकी छन् ।

यो अभियानलाई नेपाल तरुण दल प्रचार प्रसार समितिले व्यवस्थापनमा सहयोग गरेको छ भने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवाले प्राविधिक सहयोग गरेको छ ।

सामाजिक दूरी र अन्य स्वास्थ्य सुरक्षा मापदण्ड अनुरुप कार्यक्रम गरीने आयोजकले जनाएको छ ।