आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

नगर प्रमुख सन्तोष चालिसेबाट बास्केटबल टुर्नामेण्ट विजेतालाई सम्मान

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार २०:३३ मा प्रकाशित (२ साल अघि) १२४ पाठक संख्या

१३ भदौ, काठमाडौं । सातौं एसईई एपियर्ड साईपाल बास्केटबल टुर्नामेण्ट २०७८ मा प्रथम स्थान हासिल गर्ने गोकर्णेश्वरका खेलाडीहरुलाई सम्मान गरिएको छ ।

आज गोकर्णेश्वर नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले एक कार्यक्रमको आयोजना गरी खेलाडीहरुलाई सम्मान गरेको हो ।

साईपाल एकेडेमीले भदौ ५ गते आयोजना गरेको प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने गोकर्णेश्वर नगरपालिकाका ४ जना खेलाडी डोमा तामाङ, सम्झना शाही, सम्झना तामाङ र स्वच्छता थापालाई नगर प्रमुख सन्तोष चालिसेले खादा लगाएर प्रशंसा पत्र हस्तान्तरण गरी सम्मान गरेका छन् । यसै गरी कार्यक्रममा कोच विकास बोटे र गोकर्णेश्वर बास्केटबलका संयोजक राजेन्द्र लम्साललाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा प्रतियोगितामा जितेको ट्रफी र प्रमाणपत्र गोकर्णेश्वर बास्केटबलका संयोजक राजेन्द्र लम्सालले गोकर्णेश्वर नगरपालिका खेलकुद विकास समितिका संयोजक सञ्जय लामालाई हस्तान्तरण गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी नगर प्रमुख सन्तोष आचार्यले नगरपालिकाले खेलकुदको विकासमा सहयोग गर्दै आईरहेको बताउँदै खेलाडीहरुको सुचि बनाई राष्ट्रिय, अन्तराष्ट्रिय स्तरमा भाग लिन पाउने व्यवस्था गर्ने जानकारी दिए ।

नगरपालिकाका खेलकुद विकास समितिका संयोजक सञ्जय लामाले खेलाडीहरुलाई तालिम दिएर सक्षम बनाउन खेलकुद समिति प्रतिबद्ध रहेको बताए । उनले खेलाडीको सफलताले नगरपालिका गौरवान्वित भएको र नगरपालिकाको नाम फैलाएकोमा खेलाडीहरुलाई धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा नगर उपप्रमुख शान्ति नेपाल, प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद आचार्य, प्रमुख सल्लाहकार दीपक रिसाल, वडा नं. ५ का वडा अध्यक्ष नारायण बहादुर सुवेदी, वडा नं. ६ का वडा अध्यक्ष रमेश अर्याल, प्रशासन शाखा प्रमुख टंकनाथ घिमिरे लगायतको उपस्थिती रहेको थियो ।