आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

गोकर्णेश्वरमा यसवर्ष पनि कुशे औँसी मेला नलाग्ने

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार १८:४३ मा प्रकाशित (२ साल अघि) ४६८ पाठक संख्या

काठमाडौं ।गतवर्ष जस्तै यसवर्ष पनि कुशे औँसीमा गोकर्णेश्वरको मन्दिर बन्द रहने भएको छ । कोरोनाको दोस्रो भेरियन्ट कायम साथै तेस्रो आउँन सक्ने जोखिम रहेकाले यस वर्ष पनि गोकर्णेश्वर महादेव मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन हुने भएको हो ।

गोकर्णेश्वर महादेव मन्दिर क्षेत्र प्रबन्ध समितिको शनिबारको बैठकले मन्दिर क्षेत्रमा लाग्ने कुशे औँसी मेला स्थगन गर्ने निर्णय गरेको समितिका अध्यक्ष एव्म गोकर्णेश्वर नगरपालिका–४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए।

कोरोना संक्रमण बढिरहेका बेला लाखौँ भक्तजनको उपस्थितिमा हुने मेला लगाउँदा स्वास्थ्य समस्या आउने भएकाले मेला स्थगन गर्न बाध्य हुनुपरेको उनले बताए। प्रत्येक वर्ष भाद्रकृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिर परिसरमा दिवंगत पितृका नाममा जलदान, सिधादान र पिण्डदान गर्न लाखौँ भक्तजन आउने गर्छन्।

भाद्रकृष्ण औँसीमा यहाँ आएर जलदान, सिधादान र पिण्डदान गरेमा २१ कुलसम्मका पितृ तर्छन् भन्ने धार्मिक विश्वास छ। गत वर्ष पनि कोरोना महामारीका कारण मेला स्थगन गरिएको थियो। यस वर्ष भदौ २२ गते कुशे औँसी मेला परेको छ।