आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

काबुलमा अर्को हमला हुनसक्ने सूचना छ : राष्ट्रपति बाइडेन

गोकर्णेश्वर खबर१३ भाद्र २०७८, आईतवार ०९:२४ मा प्रकाशित (२ साल अघि) २२१ पाठक संख्या

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानको काबुलमा अर्को आतंककारी हमला हुनसक्ने सूचना रहेको बताएका छन् ।

उनले आफूलाई सो जानकारी सैन्य कमाण्डर दिएको उल्लेख गरेका छन् । बाइडनले भने, ‘त्यहाँको अवस्था एकदमै खत्तरापूर्ण रहेको छ । विमानस्थलमा अर्को आतंकारी हमला हुनसक्ने खत्तरा धेरै छ ।’

बिहीबार काबुल विमानस्थल नजिक भएको आक्रमणमा १६९ अफगान नागरिक र १३ अमेरिकी नागरिकको मृत्यु भएको थियो । त्यसको बदलामा अमेरिकाले शनिबार ड्रोन आक्रमण गरेको थियो । उक्त आक्रमणमा विस्फोटका योजनाकार मारिएको अमेरिकी सेनाको दाबी छ ।

गत बिहीबार भएको आक्रमणअघि पनि अमेरिका र बेलायतले विमानस्थलमा आक्रमण हुने सूचना आएको भन्दै सचेत गराएका थिए । त्यसको भोलिपल्ट आत्मघाती विस्फोट भएको थियो ।