आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

अमेरिकी सैनिकले गर्यो आईएसमाथि ड्रोन आक्रमण

गोकर्णेश्वर खबर१२ भाद्र २०७८, शनिबार १६:४५ मा प्रकाशित (२ साल अघि) २५१ पाठक संख्या

काठमाडौं । अफगानिस्तानमा अमेरिकी सैनिकले इस्लामिक स्टेट (आईएस)माथि ड्रोन आक्रमण गरेको छ ।

पूर्वी अफगानिस्तानको नानगहार प्रान्तमा भएको आक्रमणमा एक जना आईएस सदस्यको मृत्यु भएको बीबीसीले लेखेको छ ।

मृत्यु हुने व्यक्ति काबुल विमानस्थलमा विस्फोट गराउने योजनाकार रहेको अमेरिकाको दाबी छ । आक्रमणमा अन्य साधारण नागरिकहरूलाई कुनै क्षति नभएको अमेरिकी सेनाले बताएको बीबीले उल्लेख गरेको छ ।