आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

खेन रिम्पोछे फुर्वा दोर्जेबाट हिमालय मैत्री फाउण्डेसन नेपालको उद्घाटन

गोकर्णेश्वर खबर११ भाद्र २०७८, शुक्रबार १७:२३ मा प्रकाशित (२ साल अघि) १६८ पाठक संख्या

११ भदौ, काठमाडौं । हिमालय मैत्री फाउण्डेसन नेपालको उद्घाटन भएको छ । आज काठमाडौं बौद्ध–तीनचुली स्थित भुवालडाँडामा फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले फाउण्डेसनको उद्घाटन गर्नु भएको हो ।

फाउण्डेसनका संस्थापक संरक्षक खेन रिम्पोछे फुर्वा दोर्जेले उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै नेपालमा बौद्ध धर्म संस्कृतिको विकास र संरक्षणमा फाउण्डेसनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नु हुँदै सामाजिक विकास, सामाजिक परिवर्तन र चारित्रिक विकासका लागि समेत फाउण्डेसनले कार्य गर्ने बताउनु भयो ।

उहाँले बौद्ध शिक्षाको विकासका लागि समेत समुदाय सचेत भएर कार्य गर्नु पर्ने बताउनु भयो । फाउण्डेसनका अध्यक्ष आचार्य थुप्तेन (अशोक लामा)ले फाउण्डेसनले बुद्ध शिक्षाको प्रवद्धर्नका साथै धर्मसंस्कृतिको संरक्षणका लागि कार्य गर्ने र फाउण्डेसनको प्रशिक्षण कक्षमा बौद्ध शिक्षाको ज्ञान, ध्यान कक्षा, सम्भोटालिपी कक्षा सञ्चालन गरिने बताउनु भयो ।

फाउण्डेसनको उद्घाटन कार्यक्रम अघि फाउण्डेसनको कार्यालयमा लामा गुरु उर्गेन लामाको नेतृत्वमा हरित तारा पुजा (ढोल्छ्योक) भएको थियो । ९ जनाको कार्यसमिति रहेको फाउण्डेसनको उपाध्यक्ष छिरिङ गुरुङ, सचिव आचार्य बुद्ध लामा रं कोषाध्यक्ष समाजसेवी याङ योञ्जन रहनु भएको छ ।