आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

व्यक्तिगत गोपनीयता ख्याल नगरी भिडियो खिच्ने २ युट्युबर पक्राउ

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार १९:४९ मा प्रकाशित (२ साल अघि) २९० पाठक संख्या

विर्तामोड । व्यक्तिगत गोपनीयताको ख्याल नगरी भिडियो खिचेको अभियोगमा झापामा युट्युबर पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा युट्युबर खगेन्द्र घिमिरेसहित व्यवसायी हेमराज भट्टराई र सुवास कार्की छन् ।

इलाका प्रहरी कार्यालय, अनारमनीले उनीहरुलाई पक्राउ गरेको हो । एक होटलमा खाजा खाइरहेका वेला कोठामा प्रवेश गरी विना अनुमित भिडियो खिचेर सार्वजनिक गरी चरित्र हत्या गरेको अभियोग उनीहरुमाथि छ । थप केही युट्युबरको खोजी भइरहेको झापा प्रहरीले जनाएको छ ।

पक्राउ परेकामाथि अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान हुनेछ ।

१ भदौमा भएको घटनाको भिडियो सार्वजनिक भएपछि व्यक्तिगत जीवनको विषय बाहिर ल्याएको भन्दै सामाजिक सञ्जालमा आलोचना भएको थियो ।