आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

गोकर्णेश्वर नगर प्रमुखले गरे दक्षिणकाली मन्दिर निमार्णको शिलान्यास

गोकर्णेश्वर खबर४ भाद्र २०७८, शुक्रबार ०९:५२ मा प्रकाशित (२ साल अघि) ४१७ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिका नगर प्रमुख सन्तोष चालिसेले प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको शिलान्यास गरेका छन् । दक्षिणकाली नगरपालिका-५ नगर्चु -गोरखनाथ डांँडामा निमार्ण हुन लागेको मन्दिरको बिहिबार एक कार्यक्रमकाबीच प्रमुख चालिसेले शिलान्यास गरेका हुन ।

गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा प्राचीन दक्षिणकाली माता मन्दिर निमार्णको कार्य सुरु भएको हो ।

नगर प्रमुख चालिसेले धार्मिक ठाउँको प्रवर्द्धन र विकासमा धार्मिक क्षेत्रमा जस्ले पनि सहयोग गर्न सकिने बताउदै मन्दिरको शिलान्यास गर्न पाउँदा खुसी लागेको बताए। उनले ऐतिहासिक महत्व बोकेका महत्वपूर्ण संस्कृतीहरुलाई जोगाउँन गोकर्णेश्वर र दक्षिणकाली नगरपालिका मिलेर अगाडी बढेको बताए ।

कार्यक्रममा दक्षिणकाली नगरपालिका प्रमुख मोहनबहादुर बस्नेतले वडा नं ५,६ र ९ वडाको संगम स्थल रहेको नगर्चु गोरखनाथ डाँडामा अवस्थित प्राचिन धरोहर पुरानो दक्षिणकाली माताको मन्दिर पौराणिक शैलिमा आकर्षित र व्यवस्थित बनाउने जानकारी दिए ।उनले तीन महिना भित्र मन्दिर निर्माणले पुर्णता दिने बताउँदै सहयोग र सहकार्यका लागि गोकर्णेश्वर नगरपालिकालाई धन्यवाद दिए । मेयर बस्नेतले दुई नगरपालिकाबीचमा रहिरहेको सुमधुर सम्बन्धलाई अझ प्रगाढ गराउँदै लैजाने समेत विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत राम प्रसाद आचार्य लगायत नगरपालिकाका विभिन्न शाखाका प्रमुख र दक्षिणकाली नगरपालिकाको उप मेयर बसन्ती डँगोल तामाङ लगायत दक्षिणकाली नगरपालिका विभिन्न शाखाका प्रमुख र वडा अध्यक्षहरुको उपस्थिती रहेको थियो।