आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बौद्धमा गाईजात्रा तथा रोपाइँजात्रा सिमित रुपमा मनाइने

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार २१:१९ मा प्रकाशित (२ साल अघि) ३२७ पाठक संख्या

काठमाडौं । बौद्धनाथ क्षेत्र विकास समितिले यसपालीको गाईजात्रा तथा रोपाइँजात्रा सिमित रुपमा मनाउँने निर्णय गरेको छ ।

बौद्धनाथ क्षेत्र विकास समितिका पदाधिकारी र स्थानियहरुको आज बसेको बैठकले स्थानिय पर्वरुलाई औपचारिकतामा सिमित राखेर मनाउँने निर्णय गरेको हो ।

बिश्व बौद्ध धर्मको आस्थाको केन्द्र बौद्ध स्तुपामा प्रत्येक बर्ष मनाउँदै आईरहेको परम्परागत ऐतिहासिक संस्कृतिक एवम् धार्मिक रुपले महत्त्वपूर्ण बौद्ध गाईजात्रा तथा रोपाइँजात्रा यसपाली औपचारिकतामा सिमित गरि मनाउने निर्णय भएको बौद्ध क्षेत्र विकास समिती अध्यक्ष चन्द्रमान लामाले जानकारी दिए । उनले पछिल्लो समय कोरोना संक्रमण पुनः वृद्धि हुँदै जना थालेकोले समिति रुपमा स्वास्थ्य मापदण्ड अपनाएर पर्वलाई औपचारिक रुपमा मनाउँने निर्णय गरेको बताए ।

बिश्वब्यापी फैलिएको कोरोना भाइरस बिश्व भयावह भएको अवस्थामा हेल्चेक्य्राइ नगरी सतर्कता भई अनिवार्य माक्सको प्रयोग गरि , अनावश्यक भिडभाड नगरीदिनुहुन समेत अध्यक्ष लामाले आग्रह गरेका छन् । उनले जात्राका कारण संक्रमण फैलिने खतरा देखिने भएकोले सबै जनाले सजग र सचेत भएर उपस्थित हुन आग्रह गरे ।

यस वर्ष २०७८ भाद्र ८ गते पर्ने ऐतिहासिक,धार्मिक एवं साँस्कृतिक गाईजात्रा तथा रोपाइँजात्रा(हिलेजात्रा) कामपा ६ बौद्धमा स्थानीय रुपमा मनाउने जात्रा यसपालि पनि कला , संस्कृति परम्परालाई जगेर्ना गर्ने उदेश्यले औपचारिकतामा मात्रै सिमित गरि मनाउने समितिका कार्यकारिणी निर्देशक बसन्त लामाले बताए ।

यस बर्ष भरि बौद्धबासीका मृतकहरुको आत्माको चिरशान्ती र मोक्ष प्राप्तिको लागी शोक र सम्झाना स्वरुप बढीमा २ जना सिंघारेर र २ जना स्वयंसेवक बौद्ध स्तूप परिक्रमा गर्न पठाउन समितिले अनुरोध गरेको छ।

बैठकमा स्थानीय संघसंस्था, समाजसेवी, सुरक्षा निकायबाट महानगरीय प्रहरी वृत बौद्ध र महानगरीय ट्राफिक प्रहरी बौद्ध लगायतको उपस्थिती थियो ।

क्षेत्र विकास समितिले जात्राको facebook Sbnadc मार्फत प्रत्यक्ष प्रसारण समेत गर्ने जनाएको छ ।