आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

उपभोक्तालाई डर देखाउँदै ग्यास रेगुलेटर ३५ सयमा बेच्ने २ जना गोकर्णेश्वरबाट पक्राउ

गोकर्णेश्वर खबर३ भाद्र २०७८, बिहीबार १०:५७ मा प्रकाशित (२ साल अघि) ६५१ पाठक संख्या

काठमाडौं । व्यापार व्यवसायमा आफ्नो सामान बजारमा प्रतिस्पर्धाका लागि पठाउँनु स्वभावै हो । उपभोक्तालाई नयाँ नयाँ अफर दिएर होस् वा सस्तो मुल्यमा आक्रषीत गराएर आफ्नो सामानलाई बजारमा बिक्री योग्य गराउनु , ग्राहकको मन जित्नु व्यावसायीक आचरण भयो तर काठमाडौं पछिल्लो समय यस्तो बनेको छ जहाँ अनेकन तिकडम लगायर आफ्नो सामान जनतालाई भिराउने अस्वस्थ प्रतिस्पर्धा हावी हुँदै गएको छ । ग्यास भन्ने वित्तिकै अझ संवेदनसील हुन्छौं । काठमाडौं लगायत देशका विभिन्न स्थानमा विभिन्न समयमा ग्यास आगलागी भएर, पड्कीएर कतिपयले ज्यान पनि गुमाएका छन् । त्यसैले ग्यासबाट हुने क्षति न्यूनिकरण गर्नु सजगता अपनाउँनु राम्रो कुरा हो । तर आफ्नो कम्पनी राम्रो अन्यको नराम्रो भन्दै उपभोक्तालाई डर देखाएर सामान किन्न बाध्य पार्नु, प्रलोभनमा पार्नु व्यवसायीक आचरणको परिधिमा पक्कै पर्दैन । यस्तै एउटा घटना गोकर्णेश्वरमा पनि भेटिएको छ । अल नेपाल सेफ्टी एलपीजी सेन्टर प्रालिका बजार प्रतिनिधि बताउने २ यूवक यस्तै ठगी गर्दा गोकर्णेश्वर जोरपाटीस्थित जम्बुडाँडामा रहेको प्रभुकोलनीबाट समातिएका छन् । उनीहरुको काम उपभोक्ताले प्रयोग गर्दै आएको ग्यास रेगुलेटर कमसल भएको कारण ग्यास आगलागी हुँदै आएको, पड्की रहेका जस्ता डर देखाउँने र आफ्नो रेगुलेटर झण्डै दोब्बर मुल्यमा बिक्रि गर्ने रहेको पाइएपछि स्थानियले समातेर प्रहरीलाई बुझाएका छन् ।

पक्राउ पर्नेमा तनहुँका २३ वर्षीय सुजन आले र चितवनका २६ वर्षीय दिपेश श्रेष्ठ रहेका छन् ।

आफूहरु ग्यास कम्पनीबाट आएको भन्दै घरघरमा गएर सर्वसाधारणलाई महंगो मुल्यमा रेगुलेटर बेच्दै आएका उनीहरुलाई स्थानीय उपभोक्ताको पहलमा पक्राउ गरिएका हो ।

बुधबार स्थानीय उपभोक्ताले आफूहरु ठगिएको महशुस गरी रेगुलेटर बेच्ने २ जनालाई जम्बुडाँडामा रहेको प्रभुकोलनीबाट समाएर महानगरिय प्रहरी वृत बौद्धको जिम्मा लगाएका छन् ।

पक्राउ परेका दुई जनासहित कम्पनीविरुद्ध उपभोक्ताको तर्फबाट जाहेरी समेत परेको छ । बुधबार गोकर्णेश्वर नगरपालिका आरुबारी, जोरपाटी जम्बुडाँडाको प्रभुकोलनी लगायतका ठाउँमा रेगुलेटर बेच्दै आएका उनीहरुको बारेमा उपभोक्ताहरुबाट व्यापक गुनासो आए पछि गोकर्णेश्वर अनुगमन समितिले घरमा अनुचित मुल्यमा सामान बिक्रि गर्दै गर्दा बिल, ग्यारेन्टि कार्ड र ६ थान रेगुलेटर सहित कम्पनीका प्रतिनिधि बताउने २ जना समातिएका थिए ।

बजारमा १७÷१८ सय मुल्यमा किन्न पाईने रेगुलेटरलाई ३५ सयमा बेचि कालोबजारी गरेको तथा उपभोक्तालाई घरमा भएको रेगुलेटर र ग्यास पाईपको बारेमा डर देखाई आफ्नो रेगुलेटर सुरक्षित रहेको भन्दै महंगो मुल्यमा बेचेर उपभोक्ताको हितविरुद्ध कार्य गरेको आरोपमा उनीहरु विरुद्ध बौद्ध प्रहरीमा जाहेरी परेकोले आरोपीहरुलाई थुनामा राखेर अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

अल नेपाल सेफ्टी एलपीजी सेन्टर प्रालिले आफ्ना प्रतिनिधि खटाएर महंगो मूल्यमा रेगुलेटर र ग्यास पाईप बेच्ने काम गरिरहेकोले सचेत रहन उपभोक्ता अधिकारकर्मीले आग्रह गरेका छन् ।

कम्पनीको सम्वन्धमा प्रहरी र अधिकारकर्मीले आधिकारिता सहित आउन आग्रह गरे पछि कम्पनीका सञ्चालक देव कुमार कार्की फोन सम्पर्कमा आए पनि कागजपत्र सहित प्रहरीको सम्पर्कमा नआएपछि बजार प्रतिनिधिलाई अनुसन्धानका लागि थुनामा राखिएको छ ।

कम्पनीका सञ्चालक देव कुमार कार्कीले कम्पनीले प्रति रेगुलेटरको २२ सय पचास तोकेकोमा सो भन्दा बढीमा प्रतिनिधिले सामान बेच्दा समस्या आएको गोकर्णेश्वर खबरलाई बताएका छन् । उनले कम्पनिले आधिकारिक कार्य गर्दै आएको समेत दावि गरे ।