आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

ओलीले साढे ३ वर्षसम्म बोल्ने बाहेक केही गरेनन्,अहिले उनैलाई १५ महिनामा सबै काम चाहियो: विश्वप्रकाश

गोकर्णेश्वर खबर२७ श्रावण २०७८, बुधबार ११:२२ मा प्रकाशित (३ साल अघि) १८४ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले केपी ओलीले साढे तीन वर्ष सरकार चलाउँदा बोल्नेबाहेक केही नगरेको आरोप लगाएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत शर्माले शेरबहादुर देउवा नेतृत्वको सरकारले ओलीलाई कामबाटै जबाफ दिनुपर्नेमा समेत जोड दिएका छन्।

मंगलबार संसदलाई सम्बोधन गर्ने क्रममा ओलीले गठबन्धन सरकार तथा उसले सार्वजनिक गरेको साझा न्यूनतम कार्यक्रमको व्यापक आलोचना गरेका थिए।

ओलीको अभिव्यक्तितर्फ संकेत गर्दै शर्माले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘संसदमा जसरी बोल्नुभयो, साढे ३ बर्ष त्यसरी काम गरिदिएको भए, स्थिति अर्कै हुन्थ्यो। अब १५ महिनामा सबै काम चाहियो, प्रश्नको भारि महिना दिनमै! तर प्रतिपक्षी आवाज सम्मान गर्दै, कर्मले जवाफ दिने कर्तव्य निर्वाह गर्नुछ। बोल्ने विभाग कमरेड ओलिकै जिम्मा थियो, छँदैछ!’