आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

आज २७ औं विश्व आदिवासी दिवस,व्यास नगरपालिकाले दियो सार्वजनिक बिदा

गोकर्णेश्वर खबर२५ श्रावण २०७८, सोमबार ०९:५० मा प्रकाशित (२ साल अघि) ३२६ पाठक संख्या

काठमाडौं । २७ औँ विश्व आदिवासी दिवसका अवसरमा तनहुँको व्यास नगरपालिकाले आज (सोमबार) सार्वजनिक बिदा दिएको छ।

२२ साउनमा बसेको कार्यपालिका बैठकले विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सार्वजनिक बिदाका अवसरमा नगरपालिकाअन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय र स्वास्थ्य स्वास्थ्य संस्थासमेत बन्द रहने प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए।

कोभिड–१९ विरुद्धको खोप लगाउने कार्यक्रम भने जारी रहने नगरपालिकाले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ।

तनहुँका विभिन्न स्थानीय तहले विशेष दिनमा सार्वजनिक बिदाको घोषणा गर्दै आएका छन् । स्थानीय तहले व्यास जयन्ती, शहीद दिवस, भानुजयन्ती, मगर दिवस, एकादशी पर्वमा सार्वजनिक बिदा दिँदै आएका छन्।