आज: २२ बैशाख २०८२, सोमबार | Mon, 05, May, 2025

देशका विभिन्न स्थानमा चट्याङसहित भारी वर्षाको सम्भावना

गोकर्णेश्वर खबर२३ श्रावण २०७८, शनिबार १०:३८ मा प्रकाशित (३ साल अघि) २५३ पाठक संख्या

काठमाडौं । शनिबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान विभागले जनाएो छ।

प्रदेश १, कर्णाली तथा सुदूर पश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान शाखाले जनाएको छ।

यस्तै रातिको समयमा भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ।