आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

भेनसले भित्र्यायो अन्तर्राष्ट्रिय स्तरको के १२ कोर्स,आईटीमा अब्बल बनाउँने लक्ष

गोकर्णेश्वर खबर१९ श्रावण २०७८, मंगलवार २२:१० मा प्रकाशित (२ साल अघि) ३३० पाठक संख्या

काठमाडौँ। भेनस नेसनल कलेजले अन्तर्राष्ट्रिय स्तरको के १२ कोर्स भित्राएको छ । काठमाडौं उत्तर पूर्वी क्षेत्रको गोकर्णेश्वर नगरपालिका वडा नं ८ बेसिगाउँमा संचालित भेनस नेसनल कलेजले आईटीमा दक्ष जनशक्ति उत्पादन गर्ने उदेश्य सहित अमेरिकामा अध्ययन हुने के १२ कोर्स भित्राएको हो ।

सोमबार नर्लिङ रिसोर्टमा आयोजित कार्यक्रममा दुई पक्षबीच सहमतीपत्रमा हस्ताक्षर भएको छ । कलेज व्यवस्थापन समितिका अध्यक्ष पेमा छिरी शेर्पाको अध्यक्षतामा भएको उक्त कार्यक्रममा कलेज उपाध्यक्ष नेत्रप्रसाद दाहालले स्वागत मन्तब्य राखेका थिए ।

कार्यक्रममा बोल्दै क्याम्पस प्रमुख कृष्ण गौतमले आईटीसंग सम्बन्धित कोर्स भित्राएसंगै भेनस नेशनल कलेज काठमाडौंको पुर्वी भेगको उत्कृष्ट शैक्षिक गन्तव्य बन्ने निस्चित भएको बताए ।उनले यो सम्झौताले नेपालको शैक्षिक क्षेत्रको उन्नयनमा ठूलो सहयोग पुर्याउने विश्वास लिए । नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरुलाई प्रभावकारी ढंगले अनलाईन शिक्षा प्रदान गर्दै आइरहेको जानकार गराउँदै प्रमुख गौतमले सो समयमा कलेजले अनलाईनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभई बिभिन्न सेसनहरु, वेभमिनार लगायत कार्यक्रम समेत समाबेस गर्दै आएको जानकारी दिए। । प्रतिकुल अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा भेनस नेसनल कलेजले कुनैपनी सम्झौता नगर्ने प्रतिबद्धता ब्यक्त गर्दै चाडै छात्रवृत्ति लगायतको प्याकेज घोषणा गर्न लागेको क्याम्पस प्रमुख गौतमको भनाई थियो ।

कार्यक्रममा निलमणी न्यौपानेले कोर्सको बारेमा प्रकाश पार्दै जेनिस क्लाउड एकेडेमीको बारेमा जानकारी गराएका थिए । विद्यार्थीलाई आईटी क्षेत्रसँग अब्बल बनाउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने विद्यार्थी उत्पादन गर्ने संस्थाको मुख्य उद्धेश्य रहेको भन्दै न्यौपानेले बेलायतमा मुख्यालय रहेको ‘क्लाउड कन्सल्टिङ प्रोभाइडर’ कम्पनी जेनिस सोलुसनले विश्वको बिभिन्न देशहरुमा आफ्नो सेवा विस्तार गरिरहेको जानकारी समेत गराए ।

अमेजोन वेभ सर्भिसकी प्लेसमेन्ट अफिसर सबिना पराजुलीले कोर्सको बारेमा थप प्रकाश पारेकी थिईन।

कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै अध्यक्ष पेमा छिरी शेर्पाले एमेजोन,गुगल,अलिबाबा जस्ता कम्पनीसंग सम्झौता गरेको संस्थासंग आबद्ध हुन पाउँदा भेनस कलेज गर्ववान्वित भएको बताए । अध्यक्ष शेर्पाले आगामी दिनमा थप अन्य कार्यक्रमलाइ समेत कलेजले समाबेश गर्दै लैजाने बताए । ‘हामीले सुरुवाती कक्षा १२ सम्म कोर्स सुरुवात गरेता पनी आगामी दिनमा ब्याचलर लेभलसम्म के १२ कोर्स संचालनमा ल्याउने तयारीका साथ अगाडी बढेका छौं अध्यक्ष शेर्पाले भने विश्व प्रविधिमैत्री अर्थात विश्व नै ग्लोवल भिलेज भएको अवस्थामा संसारका सबै प्रविधि शिक्षा लगायतका कुरा हरेक मानिसले जान्नुपर्ने र जान्नपाउनु पर्ने अधिकार पनि अहिलेको अवस्थामा भएको छ । हामीले नेपाली विद्यार्थीलाई अन्तराष्टिय स्तरको शिक्षा नेपालमै दिने उदेश्य लिएर काम गरिरहेका छौं ।’

कार्यक्रममा जेनिस सोलुसन र भेनस बिचको समन्वयकर्ता आइटी कन्सल्टेन्ट शिशिर पौडेललाइ सम्मान गरिएको थियो। समग्र कार्यक्रम संचालन कलेजका निर्देशक मोहन प्रसाद अधिकारीले गरेका थिए।