आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

२४ घन्टामा थपिए ३,३८३ संक्रमित, २४ जनाको मृत्यु

गोकर्णेश्वर खबर१९ श्रावण २०७८, मंगलवार १८:२७ मा प्रकाशित (२ साल अघि) १६८ पाठक संख्या

काठमाडौं । नेपालमा २४ घन्टाको अवधिमा ३ हजार ३ सय ८३ जना कोरोना भाइरस संक्रमित थपिएका छन् भने २४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घन्टामा देशभर १० हजार ६ सय ३८ आरटी पिसिआर र ६ हजार ८० एन्टिजेन गरी कुल १६ हजार ७ सय १८ जनामा परीक्षण गरिएकोमा ३ हजार ३ सय ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ६ सय ८६ जना र भेन्टिलेटरमा १ सय ६२ जना उपचाररत छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभरबाट १ हजार ९ सय ९४ जना कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । योसँगै कोरोना जितेर फर्कनेको संख्या ६ लाख ६० हजार १ सय १६ पुगेको छ । निको हुने दर ९४ प्रतिशत छ ।

पछिल्लो २४ घन्टाको अवधिमा २४ जनाको संक्रमणबाट मृत्यु भएको भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ९ हजार ९ सय २२ पुगेको छ ।