आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्यो : एक जनाको मृत्यु

गोकर्णेश्वर खबर१८ श्रावण २०७८, सोमबार २२:१८ मा प्रकाशित (२ साल अघि) १४९ पाठक संख्या

बुटवल । सिद्धार्थ राजमार्गको बुटवल–तानसेन सडक खण्डमा पहिरोले जिप पुर्दा एक जनाको मृत्यु भएको छ ।

स्याङ्जाबाट बुटवल आउँदै गरेको लु २ च ७३८७ नम्बरको जिप पाल्पाको तिनाउ गाउँपालिका दोभान नजिकैमाथिबाट खसेको पहिरोले पुरिंदा चालकको मृत्यु भएको हो ।

सोमबार साँझ ७ बजेतिर भएको घटनामा अन्दाजी २२ बर्षका चालकको मृत्यु भएको र अन्य दुईजना सामान्य घाइते भएका लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

घाइते र शबलाई लुम्बिनी प्रादेशिक अस्पताल ल्याइएको छ । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।