आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

समाजसेवी भावना ठकुरीको तीज गीत सार्वजनिक

गोकर्णेश्वर खबर१८ श्रावण २०७८, सोमबार ०८:०४ मा प्रकाशित (२ साल अघि) १०९४ पाठक संख्या

 

१८ साउन, काठमाडौं । भावना ठकुरी र मञ्जु पुन लम्सालको संयुक्त प्रस्तुतीमा माईति घर बोलको तीज गीत सार्वजनिक भएको छ । ‘तीज आउँदा माईति घर सम्झी सम्झी रुनु छ, आँशु पुछी मै दुःखीले खुसी दिनु छ’ बोलको तीज गीत म्युजिक भिडियो सहित सार्वजनिक भएको छ ।

भावना ठकुरीको शब्द रहेको गीतमा सम्झना भण्डारी, सुवाश शर्मा, दीपक खड्काको स्वर रहेको छ । गीतमा सुवाश शर्माले म्युजिक दिएका छन् भनें एरेञ्जरमा सुनिल परियार, मिक्सिङमा कुमार राना रहेका छन् ।

भिडियोमा मुख्य कलाकारको भूमिकामा दीपक खड्का, उमा ठकुरी रहेका छन् भनें सुवास शर्मा, नविना ठकुरी, गीता रिजाल सापकोटा,  ज्योति खरेल, पञ्चु गोले, सुनिता थापा, मञ्जु शाह,  तारा देवि फूयाँल, मञ्जु पुन लम्साल, आरपी लामा, लिला शर्मा लगायतले साथ दिएका छन् ।

भिडियो निर्देशन दुर्गा पौडेलले गरेका छन् भनें माधव श्रेष्ठ कोरियोग्राफर रहेका छन् ।

गीत मारुनी स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियो सुटिङ गोकर्णेश्वर नगरपालिका वडा नं. ८ स्थित ओसिस पार्टी प्यालेसमा गरिएको छ ।

राजनीति र समाजसेवाको क्षेत्रमा सक्रिय भावना ठकुरी नेपाली कांग्रेस काठमाडौं जिल्ला सदस्य पनि हुन् । गीतको दृश्य छायांकनका लागि उपस्थित सबै महिला दिदि बहिनीहरुलाई भावना ठकुरीले धन्यवाद व्यक्त गरेकी छिन् ।

भिडियो हेर्नुहोस 👇️