आज: १ जेष्ठ २०८२, बुधबार | Wed, 14, May, 2025

कामु प्रधानसेनापतिमा प्रभुराम शर्मा नियुक्त

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार १८:२९ मा प्रकाशित (३ साल अघि) ३०९ पाठक संख्या

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा बलाधिकृत रथी प्रभुराम शर्मालाई नेपाली सेनाको कायममुकायम प्रधानसेनापति नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले आज शर्मालाई कामु प्रधानसेनापतिमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता जगन्नाथ पन्तले जानकारी दिए।

अहिलेका प्रधानसेनापति पूर्णचन्द्र थापाको तीन वर्षे पदावधि भदौ २४ मा सकिँदैछ। उनी अनिवार्य अवकाश पाउँदैछन्।

साथै थापा साउन २४ गतेदेखि घरबिदामा बस्ने भएकोले जेष्ठताक्रममा रहेका शर्मालाई कामु प्रधानसेनापति बनाइएको हो।

मन्त्रिपरिषदको साउन १२ को निर्णयअनुसार शर्मालाई कामु प्रधानसेनापतिमा सिफारिस गरिएको थियो।