आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

सिन्धुपाल्चोकको पहाडी क्षेत्रमा पहिरो खस्ने क्रम जारी(तस्बिरमा हेर्नुहोस्)

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार १८:१० मा प्रकाशित (२ साल अघि) २०२ पाठक संख्या

काठमाडौं । सिन्धुपाल्चोकको मेलम्ची खोलाको मुहान क्षेत्रमा अहिले पनि पहिरो खस्ने क्रम जारी रहेको देखिएको छ।

यसले मेलम्ची करिडोरका क्षेत्रमा जोखिम कायमै रहेको देखाएको छ। डाँडाबाट पहिरो खसिरहेको छ। मेलम्ची मुहानमा लेदो भीमथाङबाट बगिरहेको छ।

हेलम्बु गाउँपालिकाका अध्यक्ष दोङ्बा निमा ग्याल्जेनले मेलम्ची खोलाको मुहानको अवलोकन गरी तस्बिर र भिडिओहरू सामाजिक सञ्जालमा राखेका छन्।

उनका अनुसार बाढ़ीग्रस्त क्षेत्रको मुहान हेर्दा पहिरोको जोखिम घट्ने स्थिति छैन।

सोही कारण तत्कालको लागि मेलम्ची करिडोरका बासिन्दालाई तत्काल अन्यत्र सुरक्षित ठाउँमा सार्नुको विकल्प नरहेको उनको भनाइ छ।

‘लेदो भीमथाङबाट बग्ने क्रम जारी छ, वैकल्पिक बसोबासको लागि म प्रयासरत छु’, उनी भन्छन्, ‘यही क्रममा गृहमन्त्रीज्यूसँग वस्तुस्थितिको जानकारी गराइसकेको छु। प्रमज्यूलाई समेत भेटेर जानकारी गराउनेछु।’