आज: १८ बैशाख २०८२, बिहीबार | Thu, 01, May, 2025

कर्णालीमा डुंगा पल्टिँदा ३ बच्चा र ३ आमा बेपत्ता

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार १३:४४ मा प्रकाशित (३ साल अघि) २६८ पाठक संख्या

कैलाली । कर्णाली नदीमा डुंगा पल्टिँदा कम्तीमा पनि ६ जना यात्रु बेपत्ता भएका छन्। कैलालीको मोहन्याल गाउँपालिकाबाट सुर्खेतको चौकुने गाउँपालिका जाने क्रममा कर्णाली नदीमा डुंगा दुर्घटना भएको हो। उक्त दुर्घटनामा तीनजना आमा र तीनजना बच्चा बेपत्ता भएका छन्।

बच्चालाई नियमित खोप लगाउन कैलालीको मोहन्याल गाउँपालिकाको राँगा मलेखाबाट सुर्खेतको चौकुने गाउँपालिकाको विजौरा जाने क्रममा आइतबार विहान साढे ११ बजे कर्णालीमा डुंगा दुर्घटना भएको हो।

६ जना कर्णालीमा खसेको चौकेने गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गगन पाण्डेयले जानकारी दिए। सरकारले कैलालीको मोहन्याल गाउँपालिकास्थित रांगा मलेखामा खोप केन्द्र ब्यवस्थापन नगर्दा त्यहाँका बासिन्दा बर्सेनि डुंगाबाट कर्णाली तर्न बाध्य छन्। उनीहरु डुंगाबाट खोप लगाउन बिजौरा हेल्थ पोस्टमा पुग्थे।