आज: ७ बैशाख २०८१, शुक्रबार | Fri, 19, Apr, 2024

गोकर्णेश्वर नगरपालिकामा भेरोसेल खोप कार्यक्रम आजबाट स्थगित

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार १०:०० मा प्रकाशित (२ साल अघि) ३९८ पाठक संख्या

 

१७ साउन, काठमाडौं । गोकर्णेश्वर नगरपालिकाले खोप कार्यक्रम स्थगित गरेको छ । साउन १४ गतेबाट ५० वर्ष वा सो भन्दा माथिका नागरिकहरुलाई पहिलो मात्रा भेरोसेल खोप लगाउने कार्यक्रम सञ्चालन गरिएकोमा १७ गतेबाट अर्को सूचना नभएसम्मका लागि खोप कार्यक्रम अन्त्य गरिएको नगरपालिकाले बताएको छ ।
नगर प्रमुख सन्तोष चालिसेको हस्ताक्षर रहेको सूचनामा १७ गतेबाट अर्को सूचना जारी नभए सम्मका लागि खोप स्थगित भएको जनाईएको छ ।
यसैगरी गोकर्णेश्वर नगरपालिकाले श्रावण १६ गते भेरोसेल खोपको पहिलो मात्रा ५ हजार ४ सय २६ जनालाई लगाएको जानकारी समेत सार्वजनिक गरेको छ ।