आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी बैठकबाट नगर अध्यक्ष चयन

गोकर्णेश्वर खबर१७ श्रावण २०७८, आईतवार ०९:४२ मा प्रकाशित (२ साल अघि) २७८ पाठक संख्या

१७ साउन, काठमाडौं । नेकपा एमाले काठमाण्डौ जिल्ला कमिटी बैठकबाट काठमाडौं जिल्लाका ११ नगरपालिकाका अध्यक्ष चयन भएका छन् । नेकपा एमालेका अध्यक्ष केपी ओलीको प्रमुख आतिथ्यतामा भएको बैठकले काठमाण्डौ महानगरपालिका सहित ११ नगरपालिकामा पार्टी अध्यक्ष चयन अनुमोदन गरेको हो ।

नगर अध्यक्षहरुमा काठमाण्डौ महानगरपालिकामा निर्मल देउला, शंखरापुर नगरपालिकामा राम कुमार तिवारी, कागेश्वरी मनोहरा नगरपालिकामा ज्योतिराम फुयाल, गोकर्णेश्वर नगरपालिकामा उद्दव बिस्ट, बुढानीलकण्ठ नगरपालिकामा प्रदिप डंगोल, टोखा नगरपालिकामा सत्यनारायण डंगोल, तारकेश्वर नगरपालिकामा बसु गौतम, चन्द्रागिरी नगरपालिकामा राजु श्रेष्ठ, किर्तिपुर नगरपालिकामा राधाकृष्ण बस्नेत, दक्षिणकाली नगरपालिकामा राम लो, नागार्जुन नगरपालिकामा नन्दनहरी गौतम चयन भएका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं ५ नयाँबस्तीमा रहेको ड्रिम हाउस इन्टरनेसनलमा भएको काठमाण्डौ जिल्ला कमिटीको बैठकमा नेकपा एमालेका महासचिव ईश्वर पोखरेल, केन्द्रीय सदस्य तथा इन्चार्ज कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय सदस्य तथा सह इन्चार्ज रामेश्वर फुयाल, नारायण सिलवाल, केन्द्रीय सदस्य केशव स्थापित, बागमती प्रदेस कमिटीका सचिव खेम लोहनी लगायतको उपस्थिति रहेको थियो ।

बैठकले पार्टीको विधान अधिवेशनका लागि प्रस्तावित विधानलाई वडा तहसम्म छलफलमा लैजाने निर्णय गरेको छ । बैठकले एक हप्ता भित्र काठमाण्डौका ११ वटै नगर कमिटीको बैठक र सपथ ग्रहण कार्यक्रम सम्पन्न गर्ने निर्णय गरेको बैठकले असोज ३ गते हुने वडा र असोज ९ गते हुने नगर अधिवेशनको तयारीका लागि सबै स्थानीय कमिटीहरुलाई निर्देशन समेत दिएको छ ।