आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

राधेश्याम थापा तरुण दल काठमाडौंको प्रचार–प्रसार विभागमा मनोनित

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार १९:५८ मा प्रकाशित (२ साल अघि) ६९० पाठक संख्या

१४ असार, काठमाडौं । नेपाल तरुण दल काठमाडौंको प्रचार–प्रसार विभागमा राधेश्याम थापा मनोनित भएका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. १ सुन्दरीजल निवासी राधेश्याम थापा १ दशक भन्दा लामो समयदेखि नेपाली कांग्रेसको निकट भई राजनीतिमा समेत सक्रिय छन् ।

थापालाई आज नेपाली कांग्रेसका काठमाडौं सभापति कृष्ण सबुज बानियाले नेपाल तरुण दल काठमाडौंको प्रचार–प्रसार विभागमा मनोनयन गरिएको पत्र हस्तान्तरण गरेका हुन् । कांग्रेसका काठमाडौं सभापति कृष्ण सबुज बानियाले पूर्व मन्त्री राजेन्द्र कुमार के.सी., नेपाली कांग्रेसका काठमाडौं सचिव शंकर मल्ल ठकुरी, नेपाल तरुण दल काठमाडौं समितिका अध्यक्ष कृष्णजी खड्का, तरुण दल काठमाडौं संगठन विभाग सदस्य गोकुल रोक्का लगायतको उपस्थितीमा मनोनयन पत्र हस्तान्तरण गरेका हुन् ।

नेपाल तरुण दल काठमाडौंको प्रचार प्रसार विभागमा मनोनित भए पछि प्रतिक्रिया दिंदै थापाले पार्टीको हितमा आफूले लामो समयदेखि कार्य गरेको उचित मूल्यांकन गर्दै तरुण दलले प्रचार–प्रसार विभागमा मनोनयन गरे पछि पार्टी र जनताको पक्षमा काम गर्न जिम्बेवारी र हौसला थपिएको बताए । उनले आगामी दिनमा पार्टीलाई बलियो बनाउन नयाँ जोश र जाँगरका साथ थप सक्रिय हुने प्रतिबद्धता व्यक्त गरे ।