आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

कांग्रेसमा देखिएका क्रियाशील सदस्यतासहितका विवाद ५ दिनभित्र टुंग्याइने

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार १८:३२ मा प्रकाशित (३ साल अघि) ५९९ पाठक संख्या

काठमाडौँ । सत्तारुढ नेपाली कांग्रेसले विभिन्न जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र टुंग्याउने भएको छ। सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले भदौ १६र१९ मा हुने महाधिवेशनका लागि पाँच दिनभित्र सबै विवाद टुंग्याउने निर्णय लिएको हो।

बैठकपछि बोल्दै कांग्रेस केन्द्रीय सदस्य एवम् क्रियाशील सदस्यता छानबिन समिति संयोजक रमेश लेखकले पाँच दिनभित्र सबै विवाद मिलाएर पार्टीलाई निर्धारित समयमै महाधिवेशनतिर लैजाने निर्णय भएको जानकारी दिएका छन्।

ुकांग्रेसका पदाधिकारी, पूर्व पदाधिकारी र केन्द्रीय क्रियाशील छानबिन समितिका सदस्यहरूबीच आज बैठक भएको हो। क्रियाशील सदस्यता छानबिन समितिले प्रतिवेदन बुझाइसकेका छौँ, उनले भने, छानबिन समितिले नेताहरुकै परामर्शबाट मापदण्ड बनाएको हो। समितिबाट समाधान हुन नसकेका विषय केन्द्रीय समितिले टुंग्याउने छ। केही विषयहरु केन्द्रीय नेतृत्वले, केन्द्रीय तहमै समाधान गरिनुपर्ने भनेका छौँ।

नेताहरूसँगको छलफल र परामर्शपछि केन्द्रीय तहमा प्रस्तुत गरिएका विषयहरु निर्णय गर्ने गरी अघि बढ्ने उनले बताए। महाधिवेशन भनेकै बेला गर्ने भनेका छौँ। नेताहरुले निर्णय गरेपछि मात्रै थप कुरा अगाडि बढ्ने छ, उनले भने, पाँच दिनभित्र क्रियाशील सदस्यतासहित सबै विवाद टुंग्याउने निर्णय भएको छ। त्यसपछि पार्टी महाधिवेशनमा अघि बढ्छ।