आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार १०:४९ मा प्रकाशित (२ साल अघि) ५८० पाठक संख्या

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । आज बिहान करिब एक घण्टा छलफल भएको हो ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा देउवा र प्रचण्डबीच बिहान ८ः४० देखि ०९ः३० बजेसम्म भेटवार्ता भएको स्रोतले जानकारी दियो ।

सत्तारूढ गठबन्धनका शीर्ष नेताहरू मन्त्रिमण्डल विस्तारको गृहकार्यमा लागेका छन् । छिट्टै मन्त्रीहरु थप्ने र सरकारका न्यूनतम साझा कार्यक्रम तय गरेर अघि बढ्ने उनीहरुको तयारी छ ।