आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

गोकर्णेश्वरमा भेरोसेलको पहिलो डोज छुटेकालाई आज खोप लगाइँदै

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार १०:३६ मा प्रकाशित (२ साल अघि) ६४१ पाठक संख्या

काठमाडौं । गोकर्णेश्वर नगरपालिकामा आज पुनः भेरोसेल खोप लगाइने भएको छ ।

५० वर्ष र ५० वर्षभन्दा माथि उमेर भएका तर पहिलो मात्रा खोप लगाउन छुटेकाहरुलाई आज खोप लगाउने व्यवस्था मिलाइएको गोकर्णेश्वर नगरपालिका जनाएको छ ।

नगरपालिकाले खोपकेन्द्र पनि तोकको छ । बिहान १० देखि साँझ ५ बजेसम्म खोप लगाउन सकिने छ ।

खोप लगाउन जाँदा नागरिकता, पासपोर्ट, सवारी चालक प्रमाणपत्र अथवा वडाको सिफारिस अनिवार्य साथमा हुनुपर्ने छ ।