आज: १५ चैत्र २०८०, बिहीबार | Thu, 28, Mar, 2024

काँग्रेस पदाधिकारीको बैठक बुढानीलकण्ठमा बस्दै

गोकर्णेश्वर खबर१४ श्रावण २०७८, बिहीबार ०८:०८ मा प्रकाशित (२ साल अघि) २७० पाठक संख्या

काठमाडौं । बिहीबार पनि नेपाली काँग्रेस पदाधिकारी बैठक बस्दैछ । १४ औं महाधिवेशन लक्षित बैठक बिहीबार दिउँसो २ बजे बस्ने भएको हो । नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा विवाद रहेकाले बैठक सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्न लागेको एक नेताले बताए ।

नेपाली काँग्रेसमा क्रियाशील सलस्यतामा विवाद रहदै आएको छ । उक्त विवाद टुंगो लगाउन बुधबारको बैठकमा पनि लामो प्रयास भएको थियो । तर टुंगो लाग्न सकेको थिएन।
जसका लागि आज बैठक सारिएको थियो ।

नेपाली काँग्रेसको १४ औं महाधिवेशन भदौ १४ गते तोकिएको छ । तर यो मितिमा सम्पन्न हुने सम्भावना न्यून रहेको छ ।