आज: २९ बैशाख २०८२, सोमबार | Mon, 12, May, 2025

महाधिवेशन भदौ १६ मै हुन्छ : देउवा

गोकर्णेश्वर खबर१३ श्रावण २०७८, बुधबार १९:११ मा प्रकाशित (३ साल अघि) २६८ पाठक संख्या

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनको मिति कुनै पनि हालतमा सार्न नहुने बताएका छन् ।

आफ्नो निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी, पूर्वपदाधिकारी बैठकमा सभापति देउवाले यस्तो बताएका थिए ।

“भदौ १६ को मिति एक सर्दैन, दुई सर्दैन, तीन सर्दैन,” देउवाको भनाई उद्धृत गर्दै एक केन्द्रीय सदस्यले भने, “१६ गतेको कार्यतालिका प्रभावित नहुने गरी कार्यतालिका ल्याउनुस् ।”

तर ती केन्द्रीय सदस्यले अहिले भदौ १६ मा महाधिवेशन नहुने सुनिश्चित भएको बताए ।