आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वरका १, २, ३ र ४ वडा को नयाँ क्रियाशील स्थगन

गोकर्णेश्वर खबर१३ श्रावण २०७८, बुधबार ०८:२६ मा प्रकाशित (२ साल अघि) ५२८ पाठक संख्या

१३ साउन, काठमाडौं । नेपाली काँग्रेस पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरणमा गोकर्णेश्वर नगरपालिकाको १, २, ३ र ४ वडाको नयाँ क्रियाशीलको नामावली चौधौं महाधिवेशनका लागि स्थगन गरेको छ ।

काठमाडौं क्षेत्र नं. ३ सहित देशका विभिन्न जिल्लाका क्षेत्र, वडाहरुको विवादित नामावलीमा निर्णय गर्न नसके पछि छानवीन समितिले विवादित क्षेत्रका नामावली स्थगन गर्दै छानबिनको काम नसकिँदै कांग्रेस पदाधिकारी बैठकमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनमा क्रियाशील सदस्यता सम्वन्धमा केही स्थानहरुमा समितिले निर्णय गरी स्थगित गरेको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ ‘क्रियाशील सदस्यता सम्वन्धमा केही स्थानहरुमा समितिले निर्णय गरी स्थगित गरेको छ । केही स्थानमा समिति सहमतिमा पुग्न नसकेको हुँदा आवश्यक निर्णयका लागि नेताहरुको तहमा प्रस्तुत गर्ने निर्णय भएको छ । नयाँ तर्फको नामावलीमा विवाद रहेका कारण देहायका स्थानको क्रियाशील सदस्यताको नविकरण तर्फको नामावलीलाई मात्र सदर गरी नयाँ तर्फको नामावलीदाई चौधौं महाधिवेशनका लागि स्थगन गरी सो अधिवेशन पछि प्रक्रिया पु¥याई कायम हुने गरी निर्णय गरिएको छ ।’

प्रतिवेदनका अनुसार नेपाली काँग्रेसको १४ महाधिवेशनका लागि देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशील सदस्यता पाएका छन् । जसमध्ये ४ लाख ४३ हजार ६६८ जना जना नयाँ थपिएका छन् । त्यस्तै ४ लाख नौ हजार ३३ जनाको सदस्यता नवीकरण भएको छ । काँग्रेसले पार्टीको क्रियाशील सदस्यता छानविन समितिले मंगलबार पदाधिकारी बैठकमा पेस गरेको विवरण अनुसार क्रियाशिल सदस्यमध्ये ६ लाख ५३ हजार ४३८ जना पुरुष (७४.२६ ) प्रतिशत र १ लाख ९९ हजार ९७ जना महिला (२२.६२) प्रतिशत रहेका छन् । अन्यमा १७६ (०.०२) प्रतिशत जना छन् । प्रतिवेदनमा समितिका सदस्य कल्याण गुरूङले भने नोट अफ डिसेन्ट लेखेका छन् । छानबिनको काम नसकिँदै प्रतिवेदन बुझाइएको गुरूङको भनाइ छ ।

महाधिवेशन आउन ३५ दिन बाँकी छँदा ४ लाख ४३ हजार नयाँ सदस्य कांग्रेसमा थपिएका छन् । विदेशस्थित जनसम्पर्क समितिबाट समेत आउँदा कांग्रेसमा ९ लाखभन्दा बढी सदस्य हुने देखिएको छ ।

नयाँ विवरण पछि नेपाली कांग्रेसका क्रियाशील सदस्यहरु प्रदेशमा यस प्रकार हुने देखिएको छ

प्रदेश १– १,७४,७८२

प्रदेश २– १,१२,९४६

वाग्मती– १,८६,१४३

लुम्बिनी– १,३०,८८५

कर्णाली– ५४,५६६

सुदूरपश्चिम– ७४,७५६

नयाँ सदस्य– ४ लाख ४३ हजार ६ सय ७८

पुराना सदस्य– ४ लाख ९ हजार ३३९

विदेशस्थित जनसम्पर्क समितिको आउन बाँकी०

कुन उमेर समूहका कति

१६–२५ वर्ष– ४०,४२७

२६–४० वर्ष– २,४९,७७४

४१–६० वर्ष– ३,२८,२३४

६१–७५ वर्ष– ८३,०१०

७५ वर्षमाथि– ११,७८२

महिला– १,९९,०९७

पुरुष– ६,५३,४३८