आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर नगरपालिकमा रहेका गँलैचा कारखानाका बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण

गोकर्णेश्वर खबर१३ श्रावण २०७८, बुधबार ०८:०९ मा प्रकाशित (२ साल अघि) २७३ पाठक संख्या

कोभिड १९ लाई मध्यनजर गरी बाल विकास समाज र विश्व शिक्षाले गोकर्णेश्वर नगरपालिकाको समन्वयमा नियमित रुपमा गँलैचामा रहेका बालबालिकाहरुलाई खाद्यान्न वितरण गर्ने कार्यक्रम गरिरहेको छ ।

यसै सिलसिलामा गोकर्णेश्वर नगरपालिका वडा नम्बर ८ र ९ मा रहेका गँलैचा कारखानाका ७८ जना बालबालिकाहरुलाई खाद्यान्न सामग्री वितरण गरिएको छ । प्रति बालबालिकाका लागि खाद्यान्न सामग्री ३० केजी चामल, ३ केजी दाल, २ केजी नुन, २ लिटर तेल, २ केजी चिनी र ४ वटा हातधुने साबुन व्यवस्था गरिएको थियो ।

कार्यक्रमको प्रमुख व्यक्तिको रुपमा गोकर्णेश्वर नगरपालिकाका उप प्रमुख शान्ती नेपाल रहनु भएको थियो भने बाल विकास समाजका कार्यकारी निर्देशक कृष्ण प्रसाद सुवेदी, नगरपालिकाको महिला तथा बालबालिका शाखाबाट अधिकृत भिमा थापाको समेत उपस्थित रहेको थियो ।कोभिड १९ को विषम परिस्थितिमा सक्रिय परियोजना अन्तर्गत बालबालिकाहरुलाई खाद्यान्न सामग्री उपलब्ध गराइएको हो । बाल विकास समाजले बालश्रम न्यूनिकरणका लागि गोकर्णेश्वर नगरपालिकासँग समन्वय गरी सक्रिय परियोजना सञ्चालन गरिरहेको छ । संस्थाले बालबालिकाहरुको घटना व्यवस्थापन प्रक्रिया अनुसार कोभिडको असर पहिचान गरेको थियो ।

 

खाद्यान्न वितरण कार्यक्रममा बोल्दै नगर उपप्रमुख शान्ती नेपालले बालश्रम प्रयोग गरेको पाइएमा कानुन अनुसार कारवाहीको प्रक्रिया अगाडी बढाउने तथा कारखानामा बालबालिकाहरु माथि हुने विभिन्न हिंसाजन्य घटना भएमा कुनै पनि किसिमको दुव्र्यवहार भएमा वडा कार्यालय तथा नगरपालिकामा आएर उजुरी गर्न सकिने कुरा बताउदै आफुलाई समस्या भए उजुरी गर्न आउन आग्रह गर्नु भएको थियो साथै गाकर्णेश्वर नगरपालिका बालश्रम निर्मुल पार्नका लागि कानुनी रुपमै लागि परिरहेको उल्लेख गर्नुभयो ।

संस्थाका कर्मचारी गोविन्द विकले खाद्यान्न वितरण कार्यक्रमको बारेमा प्रष्ट पार्दै आगामी दिनमा पनि बालबालिकाहरुलाई यस किसिमको सहयोग गर्ने योजना रहेको बताए ।

कार्यक्रमको समन्वय स्थानीय समाजसेवी तथा स्वास्थ्यकर्मी सन्जय आचार्यले गरेका थिए भने कार्यक्रममा संस्थाका अन्य कर्मचारी तथा समुदायमा आधारित संस्थाका प्रतिनिधि, नगर प्रहरी, समाजसेवी लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । कार्यक्रम वडा नम्बर ८ स्थित सरस्वती माद्यामिक विद्यालयको प्राङ्गणमा गरिएको हो ।