आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

कोरोना संक्रमितको ग्राफ पुनः बढ्यो : आज एकैदिन ३८९९ जनामा संक्रमण पुष्टि,२० को मृत्यु

गोकर्णेश्वर खबर१२ श्रावण २०७८, मंगलवार १७:२३ मा प्रकाशित (२ साल अघि) ११७ पाठक संख्या

काठमाडौं । पछिल्लो २४ घण्टामा ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

१२ हजार ६५५ पीसीआर परीक्षण गर्दा २ हजार ७२६ जना र ४ हजार ८६३ एन्टिजेन परीक्षण गर्दा १ हजार १७३ गरी ३ हजार ८९९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ भने १ हजार ७७८ जना निको भएका छन् ।

केही समय संक्रमितको संख्या घट्दो क्रममा रहेको कोरोना पुनः बढ्न थालेको छ । संक्रमितको संख्या बढ्न थालेपछि स्वास्थ्य सुरक्षा कडाईका साथ लागु गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।