आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

पूर्वसभामुख महराले पाए उच्च अदालतबाट सफाइ

गोकर्णेश्वर खबर१२ श्रावण २०७८, मंगलवार १७:१५ मा प्रकाशित (२ साल अघि) २३३ पाठक संख्या

काठमाडौँ – पूर्वसभामुख कृष्णबहादुर महराले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । जबर्जस्ती करणी उद्योग मुद्दामा मंगलबार उच्च अदालतले उनीविरुद्धको मुद्दामा सुनुवाइ गर्दै सफाइ दिएको हो ।

महराविरुद्धको मुद्दाको सुनुवाइ गर्दै उच्च अदालत पाटनका न्यायाधीश माधवप्रसाद पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौँ जिल्ला अदालतको फैसला सदर गरेको अदालतकी प्रवक्ता अमृता शर्माले जानकारी दिइन् ।

सभामुख रहेका बेला संसद् सचिवालयमा काम गर्ने कर्मचारीलाई जबर्जस्ती करणी उद्योग गरेको भन्दै महराविरुद्ध मुद्दा दायर भएको थियो । आरोपपछि उनले गत २०७६ असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए ।गत २०७६ असोज १९ गते सभामुखको सरकारी निवासबाट पक्राउ परेका महरा पाँच महिना पूर्पक्षका लागि कारागारमा रहेका थिए ।

उनलाई २०७६ फागुन ५ गते काठमाडौँ जिल्ला अदालतले सफाइ दिएको थियो । त्यसपछि उनको मुद्दा उच्च अदालत पाटन पुगेको थियो ।