आज: ६ बैशाख २०८१, बिहीबार | Thu, 18, Apr, 2024

काठमाडौँ उपत्यकामा थपिए ६२४ कोरोना संक्रमित

गोकर्णेश्वर खबर१० श्रावण २०७८, आईतवार १९:०१ मा प्रकाशित (२ साल अघि) २२३ पाठक संख्या

काठमाडौँ– काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्रै ६२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा ४६८, ललितपुरमा ८९ र भक्तपुरमा ६७ जना कोरोना संक्रमित थपिएका हुन् ।