आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

काठमाडौँ उपत्यकामा ६१५ जनामा संक्रमण पुष्टि

गोकर्णेश्वर खबर९ श्रावण २०७८, शनिबार १८:४९ मा प्रकाशित (२ साल अघि) २३६ पाठक संख्या

काठमाडौँ– केही दिनयता काठमाडौँ उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै उपत्यकामा ६१५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

एक साताअघिसम्म दैनिक ४ सयको हाराहारीमा संक्रमित संख्या रहेकोमा पछिल्लो समय बढ्दै गएर दैनिक ६ नाघेको हो ।

मन्त्रालयका अनुसार शनिबार काठमाडौँमा ४२१, ललितपुरमा १०८ र भक्तपुरमा ८६ जना कोरोना संक्रमित थपिएका हुन् ।

हिजो शुक्रबार एकैदिन उपत्यकामा ६१३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, बिहीबार ७५१ जना संक्रमित थपिएका थिए ।