आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेपाली कांग्रेस कागेश्वरी मनोहरा १ इकाई सभापतिमा शैलेन्द्र कुइकेलको दावी

गोकर्णेश्वर खबर८ श्रावण २०७८, शुक्रबार २३:१३ मा प्रकाशित (२ साल अघि) ११५४ पाठक संख्या

८ साउन, काठमाडौं । काठमाडौं क्षेत्र नं ३ अन्तर्गत रहेको कागेश्वरी मनोहरा वडा नं. १ मा इकाई सभापतिमा शैलेन्द्र कुइकेलले दावी गरेका छन् । कागेश्वरी मनोहरा १ को इकाइृ कमिटिको कोषाध्यक्ष समेत रहेका कुइकेलले इकाई सभापतिमा दावी गरेका हुन् ।

पार्टिले घोषणा गरेको सबै आन्दोलन तथा संघर्षका कार्यक्रमहरुमा सक्रिय सहभागि रहँदै आएका कुईकेलले आफूले युवापुस्ताको आवाज बोकेर अग्रजहरुलाई सम्मान दिएर पार्टीलाई बलियो बनाउने काम गर्ने बताए । पार्टी इकाई र सबै भातृ संगठनहरुलाई चलायमान बनाएर आम नागरिक र पार्टीको सम्वन्ध बलियो बनाउने अठोट बोकेर आपूmले इकाई सभापतिमा दावी गरेको गोकर्णेश्वर खबरलाई बताए ।

विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई समाज विकास र राजनीतिक अभियानमा समेत सक्रिय रहँदै आएका कुइकेल वर्तमान नेपाल तरुण दल काठमाडौं जिल्ला सदस्य हुन् भनें मनोहरा जेसिसका कानुनी सल्लाहकारको भूमिका पनि निभाउदै आएका छन् ।

नगरस्तरीय चेम्बर अफ कमर्शका सदस्य समेत रहेका उनी सर्वोदय बहुउदेश्यीय सहकारी संस्थाको शिक्षा समितिका सदस्य तथा पूर्व साविक गागलफेदी स्वास्थ्य चौकी व्यवस्थापन समितिका सदस्यसमेत हुन् । साविक गागलफेदी गाविसको खेलकुद समतिको निर्वाचित अध्यक्ष र सिद्धी गणेश माविका पुर्व व्यवस्थापन समितिमा रहेर काम गरेको अनुभब समेत रहेको छ ।

स्थानीय चुनावमा युवाहरुको भूमिका महत्वपूर्ण भएकोले चूनावी परिणाम पार्टीको पक्षमा पार्न सफल भएको बताउँदै उनले नेपाली कांग्रेसमा आबद्ध युवाहरुको चाहना र भावनालाई सम्मान गर्दै आफूले इकाई सभापतिमा दावी गरेको बताए । उनी नेपाली कांग्रेसमा युवाहरुको आकर्षण बढीरहेको समयमा युवा नेतृत्व आवश्यक रहेको बताउँछन् ।

उनले विभिन्न संघसंस्थामा लागेर स्थानीय क्षेत्रको विकासमा गरेका कार्यहरु र भूकम्प तथा कोरोना कहरका बेलामा राहत, खाना खुवाउने कार्यक्रमहरु गरी स्थानीय नागरिकलाई सेवा गरेकोले पार्टीका अग्रज, क्रियाशिल, शुभचिन्तकहरुबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । पार्टी र यसका भातृसंगठनलाई चलायमान बनाउँदै, अग्रज, प्रौढ, युवा सहित सबैलाई सम्मानजनक रुपमा समेटेर, क्रियाशिलहरुलाई एक ढिक्का बनाएर, पार्टी संगठन बलियो बनाउँदै आसन्न चुनावमा पार्टीलाई बलियो जित दिलाउने उदेश्यका साथ आफूले सभापतिमा दावी गरेको कुईकेलले बताए ।