आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

लामो दूरीका सार्वजनिक यातायात पनि खुले

गोकर्णेश्वर खबर८ श्रावण २०७८, शुक्रबार १७:२९ मा प्रकाशित (२ साल अघि) ३३८ पाठक संख्या

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले लामो दूरीका सार्वजनिक यातायात चल्न दिने निर्णय गरेको छ । आज (शुक्रबार) एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले यस्तो जानकारी दिएको हो ।

निषेधाज्ञाका कारण लामो दूरीका सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको थियो ।

कोरोना महामारीका कारण रोकिएका परीक्षा सञ्चालन गर्दा विद्यार्थीलाई समस्या पर्ने देखिएकाले यस्तो व्यवस्था गर्न लागिएको विज्ञप्तिमार्फत जनाइएको छ ।

मंगलबार गृह मन्त्रालयले परीक्षा दिने विद्यार्थीका लागि लामो दूरीका सार्वजनिक यातायातलाई सहजीकरण गर्न निर्देशन दिएको थियो ।