आज: ११ बैशाख २०८१, मंगलवार | Tue, 23, Apr, 2024

गोकर्णेश्वर ८ को इकाई सभापतिमा राजेश दाहालको दावी

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार १८:५५ मा प्रकाशित (२ साल अघि) ८९१ पाठक संख्या

७ साउन, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को इकाई सभापतिमा राजेश दाहालले दावी गरेका छन् ।

गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाई कमिटिका सहसचिव समेत रहेका दाहालले इकाई सभापतिमा दावि गरेका हुन् ।

पारिवारिक वातावरणबाट सानै देखि राजनीतिमा लाग्ने प्रेरणा जागेको बताउने दाहालले २०६२–०६३ सालको जनआन्दोलन देखि हरेक चुनावमा पार्टीलाई सक्रियताका साथ सहयोग गर्दै आएको बताए । साथै, ५ वर्षसम्म इकाईमा सह–सचिवको जिम्बेवारीमा रहेर कार्य गरेको, सामाज विकासका क्षेत्रमा समेत आफूले निस्वार्थ रुपमा लामो समयदेखि काम गरेको अनुभवका आधारमा इकाई सभापतिमा दावि गरेको गोकर्णेश्वर खबरलाई बताए । लोकप्रिय र विकासप्रेमी नेता स्वर्गीय चक्रबहादुर ठकुरीको प्रेरणाले नेपाली कांग्रेस पार्टिको सदस्यता लिएर इमानदारितापूर्वक पार्टी र जनताको हितमा, समाज विकासको पक्षमा निरन्तर काम गर्दै आएकोले सबै साथिभाई, क्रियाशिल, अग्रज, सामाजिक व्यक्तित्वहरुले आफूलाई इकाई सभापतिमा विजय गराउन साथ दिने दाहालले बताए ।

उनले इमानदारितापूर्वक पार्टीमा काम गरेको र समाज विकासमा गरेको योगदानको कदर गर्दै १३ औं महाधिवेशनमा इकाई सह–सचिवमा सर्वसम्मत चयन भएको बताए । नेपाली कांग्रेस पार्टीलाई आम नागरिकस्तरमा बलियो बनाउन खेलेको भूमिकाको प्रशंसा गर्दै आफूलाई सबैले सभापतिमा अगाडी बढ्न हौसला दिंदै सहयोग गर्ने वचन समेत पाएको दाहालले बताए । सामाजिक कार्यकर्ताको रुपमा समाजमा राम्रा कामहरुमा क्रियाशिल हुँदै आएकोले आफूले समाजमा नेपाली कांग्रेसलाई अझै बलियो बनाउन खटिने बताए । आफूले अहिलेसम्म व्यक्तिगत फाईदाका लागि पार्टीलाई बदनाम नगरेकोले आगामि दिनमा जे जति राजनीतिक सामाजिक कार्य गर्छु आम नागरिकमा पार्टीको शिर उच्च बनाउनेछु दाहालले बताए ।

उनले क्रियाशिलहरुले नै आफूलाई सबैलाई मिलाएर लैजाने छवि भएकोले सभापतिमा उम्मेदवारी दिन आग्रह गरेका बताए । क्रियाशिलहरुले आफूलाई सभापतिमा अगाडी गर्न हौसला दिईरहेकोले अब आफूले पार्टिमा काम लाग्ने कार्यकर्ता हो कि होईन भन्ने प्रश्न गर्दै अग्रजहरुबाट पनि साथ र समर्थन खोज्ने बताए ।

दाहालले निस्वार्थ रुपमा राजनीति मात्र नगरी समाज विकासका क्षेत्रमा विभिन्न संघसंस्थामा आवद्ध भएर पार्टी र जनताको हितमा धेरै कार्यहरु गरेकोले राजनीतिक सहकर्मी, दाजुभाई, अग्रजहरुका साथै आम नागरिकले पनि आफूलाई बलियो साथ र सहयोग गर्ने दावी गरे । उनले आफू इकाई सभापतिमा निर्वाचित भए ५ वर्षमा युवामैत्री, जेष्ठनागरिक मैत्री, सामाजिक विकासमैत्री सामाजिक र राजनीतिक काम गरी पार्टीलाई बलियो बनाउने बताए । इमान्दारितापूर्वक सामाजिक सेवक र राजनीतिक कार्यकर्ता भएर काम गरे । अब उदाहरणीय इकाई सभापति बनेर देखाउने छु –उनले दावि गरे । उनले सबैको साथ र सहयोग लिएर, सबैलाई समेटेर काम गर्ने बताए ।

नेपाली कांग्रेसको विधान अनुसार बैठक, मासिक वैठक नियमित सञ्चालन गर्ने, नागरिक र नेपाली कांग्रेसको सम्बन्ध बलियो बनाउन, क्रियाशिलहरुलाई प्रशिक्षित गर्न आवश्यक कार्यक्रमहरु रहेक वर्ष गर्ने बताए ।

दाहाल विभिन्न सामाजिक संघसंस्थामा आबद्ध भई कार्य गर्दै आईरहेका छन् । उनी बौद्ध–गोकर्णेश्वर सरोकार समाजका सचिव रहेका छन् । यो संस्था गोकर्णेश्वर नगरपालिकाका वडा नं. ५, ६, ८, ९ र कामपा ६ का नागरिकहरुका लागि मेलम्चि खानेपानीको सुविधा पु¥याउन सक्रिय छ । दाहाल सामाजिक अभियन्ताको रुपमा धेरै सामाजिक संघसंस्थामा आबद्ध रहेका छन् । उनले डाँडागाउँ सुरक्षा समितिको उपाध्यक्षको रुपमा २०५८ देखि २०६३ सम्म काम गरे भनें २०७५ देखि आरुवारी डाँडागाउँ टोल सुधार समितिका अध्यक्षको रुपमा काम गरिरहेका छन् । हाल उनी ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय कोषाध्यक्ष रहेका छन् भनें डाँडागाउँ अक्षयकोष गुठिको सचिव, आर्थिक प्रगति बचत तथा ऋण सहकारीका सचिव रहेका छन् । २०७५ सालमा महांकाल भैरवमा आयोजित ज्ञान महायज्ञको प्रमुख व्यवस्थापकको रुपमा सफलतापूर्वका जिम्बेवारी निर्वाह गरेका दाहाल २०७६ देखि ज्योति लाईफ इन्स्योरेन्सका सिनियर एजेन्सि म्यानेजर पनि हुन् । उनले विभिन्न सहकारीमा कर्जा समितिमा रहि कार्य गरिरहेका छन् भनें धेरै संघसंस्थामा सल्लाहकार समेत रहेका छन् । उनले सामाजिक विकास र उपभोक्ता अधिकारको पक्षमा थुप्रै टेलिभिजन, पत्रपत्रिकामा अन्र्तवार्ता समेत दिएका छन् ।