आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

पोर्न भिडियोबाट दैनिक ६/७ लाख कमाउँथे नायिका शिल्पाका श्रीमान कुन्द्रा

गोकर्णेश्वर खबर७ श्रावण २०७८, बिहीबार ११:३२ मा प्रकाशित (२ साल अघि) ४५४ पाठक संख्या

एजेन्सी । भारतीय व्यापारी तथा नायिका शिल्पा सेट्टीका श्रीमान् राज कुन्द्रालाई मुम्बई क्राइम ब्रांन्चले पक्राउ गर्यो । उनलाई भारतमा पोर्न भिडियो छायांकन गरेर विक्री गर्ने गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ गरिएका राज कुन्द्रालाई जुलाई २३ तारिखसम्म हिरासतमा राख्न अदालतले अनुमती दिइसकेको छ ।

राजको यो धन्दाको बिषयमा खबर सार्वजनिक भएसँगै यसले अधिकांश मानिसहरुलाई अचम्मित बनाइदिएको छ । राजले पोर्न भिडियोको छायांकन भारतमा नै गर्ने गरेको र बेलायत पठाउने गरेको मुम्बई क्राइम ब्रान्चले खुलासा गरेको छ ।

भारतीय मिडियाले मुम्बई क्राइम ब्रान्चका अफिसर्सको भनाई उदृत गर्दै उल्लेख गरे अनुसार, राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेका थिए । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको थियो । प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको छ ।

राजले विभिन्न देशबाट यूवतीहरुलाई अडिसनका लागि बोलाउने गर्दथ्य । यसपछि, अडिसनबाट छनोट भएका यूवतीहरुको सुरुवातमा सेमी न्यूड भिडियो खिचिन्थ्यो । पछि, उनीहरुलाई न्यूड भिडियो खिच्नका लागि दबाब दिइन्थ्यो । कतिपय यूवतीले भने उनीहरुको कुरालाई अस्विकार गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।

लण्डनमा बस्दै आएका आफ्ना नातेदार प्रदिप बक्सीलाई राजले भिडियो पठाउने गरेका थिए । भारतमा पोर्न भिडियो बनाउनु गैह् कानुनी भएका कारण बेलायतबाट हटसट नामक एपमा भिडियो सार्वजनिक गरिन्थ्यो ।