आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

गोकर्णेश्वर ८ को इकाई सभापतिमा कृष्ण नेपालको दावि

गोकर्णेश्वर खबर५ श्रावण २०७८, मंगलवार २१:२० मा प्रकाशित (२ साल अघि) ५२६ पाठक संख्या
नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को इकाई सभापतिमा कृष्ण नेपालले दावि गरेका छन् । गोकर्णेश्वर नगरपालिका वडा नं. ८ इकाई कमिटिका कोषाध्यक्ष समेत रहेका नेपालले बिहिबार बसेको क्रियाशिल भेलामा औपचारिक रुपमा इकाई सभापतिमा दावि गरेका हुन् ।
नेपालले २०६२–०६३ सालको जनआन्दोलन देखि पार्टिका कार्यक्रमहरुमा सक्रिय सहभागिता जनाउदै आएको र ५ वर्षसम्म इकाईमा रहेर कार्य गरेको अनुभवका आधारमा इकाई सभापतिमा दावि गरेको बताएका छन् । उनले स्थानीय विकास र स्थानीय क्षेत्रका समस्या समाधान गर्न अग्रसर हुने गरेकोले आफूलाई इकाई सभापतिको रुपमा अगाडी बढ्न हौसला दिनेहरु धेरै भएको दावि गरे ।
नेपालले बेशीगाउँ युवा समुहको रुपमा विभिन्न युवा विकासका कार्यक्रमहरु गरेको, जेष्ठ नागरिक सम्मान कार्यक्रमहरु गरेको, सामाजिक विकासका कार्यहरुमा पनि सक्रिय सहभागि हुँदै आफूले राजनीति र समाज विकासका कार्यहरुलाई सँगसँगै अगाडी बढाईरहेकोले स्थानीय युवा र पार्टिका नेता कार्यकर्ता शुभचिन्तक सबैसँग सल्लाह गरेरै इकाई सभापतिमा दावि गरेको बताए ।
उनले श्रद्धेय नेताको सम्मानमा चक्रबहादुर स्मृति दिवसमा व्याटमिण्टन प्रतियोगीता गरी स्थानीय क्षेत्रमा खेलकुदको विकासमा सहयोग गर्नुका साथै युवा खेलाडीको वृत्ति विकासका साथै युवा क्षेत्र र नेपाली कांग्रेस पार्टिको सम्वन्ध बलियो बनाउन भूमिका खेलेको बताए । उनले कोभिडको समयमा राहत देखि खाना बाँड्ने सम्मका अभियानहरुमा पनि सक्रिय सहभागि भएको बताए ।
नेपाली कांग्रेसमा अहिले देखिएको युवापुस्ताको बढ्ढो आकर्षणले युवाहरुको भावनालाई सम्मान गर्दै, उनिहरुको प्रतिनिधित्व गर्दै नेपाली कांग्रेसलाई स्थानीय क्षेत्रमा अझ बलियो बनाउन आफूले क्रियाशिल भेलामा इकाई सभापतिमा दावि गरेको बताए । नेपालले स्थानीय देखि संघीय चुनावमा घरदैलो लगायतका कार्यक्रम, मतगणनाको समयमा समेत अहोरात्र खटिएर नेपाली कांग्रेसलाई बलियो बनाउन स्थानीय क्षेत्रमा सक्रियतापूर्वक लागेर अग्रमोर्चामा खटिएकोले पार्टिका अग्रज, क्रियाशिल साथीहरुले मुल्यांकन गर्नु भएकोले आफूलाई एकाई सभापतिमा जिताउन सबैले साथ दिने विश्वास व्यक्त गरेका छन् ।