आज: ८ बैशाख २०८१, शनिबार | Sat, 20, Apr, 2024

ओलीलाई भेट्न विप्लवसहितको टोली पुग्यो बालकोट

गोकर्णेश्वर खबर५ श्रावण २०७८, मंगलवार १३:०९ मा प्रकाशित (२ साल अघि) २१२ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’बीच भेटघाट भएको छ ।

आज विहान ओली निवास बालकोटमा भएको भेटमा सरकारसँगको तीनबूँदे सहमति कार्यन्वयन र पछिल्लो विकसित राजनीतिक जटिल घटनाक्रमको बारेमा छलफल भएको बताइएको छ ।

भेटमा नेकपाका महासचिव चन्द, पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा र धर्मेन्द्र बास्तोला लगायतका नेता सहभागी थिए ।

ओली नेतृत्वको अघिल्लो सरकारसँग सम्झौता गरी शान्तिपूर्ण राजनीतिमा आएको चन्द नेतृत्वको नेकपासँग त्यतिबेला भएका सहमति कार्यान्वयनका लागि विप्लवले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् ।

एक साताको बीचमा उनले माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एमाले नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष डा. बाबुराम भट्टराईलगायतका नेताहरुसँग भेटिसकेका छन् ।