आज: १६ चैत्र २०८०, शुक्रबार | Fri, 29, Mar, 2024

प्रचण्ड,उपेन्द्र यादव र माधव नेपालको कोटेश्वरमा भेटवार्ता

गोकर्णेश्वर खबर५ श्रावण २०७८, मंगलवार १२:३५ मा प्रकाशित (२ साल अघि) ४७७ पाठक संख्या

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र जसपा अध्यक्ष उपेन्द्र यादवले भेटवार्ता गरेका छन् ।

तीन नेताहरुबीच मंगलबार बिहान नेपाल निवास कोटेश्वरमा भेटवार्ता भएको हो ।

भेटमा सरकारको साझा नीति तथा कार्यक्रमबारे छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा (जुगल)ले जानकारी दिए । ‘सरकारको साझा कार्यक्रम बनाएर नयाँ ढंगले जाने कुरामा नेताहरुबीच राम्रो छलफल चलिरहेको छ,’ सापकोटाले भने, ‘त्यसैको सन्दर्भमा आज भेटवार्ता भएको हो ।’