आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

एनआरएनए पोर्चुगलद्धारा पञ्जिकृत सदस्यहरुको नामावली सार्वजनिक

गोकर्णेश्वर खबर५ श्रावण २०७८, मंगलवार ०८:०८ मा प्रकाशित (२ साल अघि) २३५ पाठक संख्या
लिस्वन । आगामी ३१ तारिखमा हुने गैरआवासीय नेपाली संघ पोर्चुगलको अधिवेशनका लागि पञ्जिकृत सदस्यहरुको नामावली सार्वजनिक भएको छ । संघका अध्यक्ष तिलक गैरेले निर्बाचन समितिलाई नामावली बुझाएपछि निर्बाचन समितिका संयोजक रमेश कुमार गुरुङले उक्त नामावली सार्वजनिक गरेका हुन ।
नामावलीमा कुल एक हजार ६ सय ८८ जनाको नाम उल्लेख छ । नयाँ सदस्यता तथा नविकरणका लागि प्रयोग गरिएको एमआइएस प्रणालीमा दुई हजार ७ सय बढिले आवेदन दिएपनि कागजातका आधारमा एक हजार ६ सय ८८ जना मात्रै छानिएको संघले जनाएको छ ।

प्रणालीमा अधिकांशको सदस्यता शुल्क नबुझाएको, पासपोर्ट तथा रेसिडेन्सी कार्ड नराखेको, नाम फरक राखेको लगायतका धेरै कमजोरी देखापरेको थियो । निर्बाचन समितिले सार्वजनिक गरेको एक हजार ६ सय ८८ जना सदस्यले मात्रै संघको निर्बाचनमा भाग दिन पाउनेछन ।
प्रकाशित नामावली उपर २० तारिख अर्थात मंगलबार साँझ ५ बजेसम्म दावी बिरोध गर्न पाइने निर्बाचन संयोजक गुरुङले बताए ।