आज: १३ बैशाख २०८१, बिहीबार | Thu, 25, Apr, 2024

नेविसंघ क्षेत्रीय सभापति राजेश अधिकारीबाट गोकर्णेश्वर ८ को इकाई सभापतिमा दावि

गोकर्णेश्वर खबर५ श्रावण २०७८, मंगलवार ०७:०८ मा प्रकाशित (२ साल अघि) ११८५ पाठक संख्या

५  साउन, काठमाडौं । नेपाली कांग्रेस गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को इकाई सभापतिमा काठमाडौं क्षेत्र नं. ३ का नेविसंघका क्षेत्रीय सभापति राजेश अधिकारीले दावि गरेका छन् । गत विहिबार अधिकारीले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ को क्रियाशिल भेलामा लिखित दस्तावेज सहित औपचारिक रुपमा इकाई सभापतिमा दावि गरेका हुन् ।

अधिकारीले २०४६ सालको जनआन्दोलन देखि १२ वर्षको उमेर देखि नै प्रजातन्त्रको पक्षमा आन्दोलनमा सक्रिय भएको आधारमा र लामो समयदेखि नेपाली कांग्रेसको विद्यार्थी संगठनमा काम गर्दै आएको अनुभवका आधारमा स्थानीय क्षेत्रमा नेपाली कांग्रेसलाई अझै बलियो बनाउने संकल्प बोकेर इकाई सभापतिमा दावि गरेको गोकर्णेश्वर खबरलाई बताए ।

हाल नेविसंघ काठमाडौं क्षेत्र नं. ३ का सभापति समेत रहेका अधिकारी २०५३ सालमा पशुपति बहुमुखी क्याम्पसमा स्ववियूको तदर्थ समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । २०५५ सालमा जोरपाटि गाविसको नेविसंघ सभापतिमा पनि निर्विरोध निर्वाचित भई सफलतापूर्वक कार्यकाल पुरा गरेका थिए । उनी २०६७ सालमा जोरपाटि गा.वि.स.मा नेपाली कांग्रेस गाउँ इकाई समिति सदस्यमा निर्विरोध निर्वाचित भएका थिए ।

युवा विद्यार्थीहरुलाई नेपाली कांग्रेसको बलियो वैचारिक र सांगठनिक शक्ति मान्ने अधिकारीले शहिद आदर्श क्याम्पस भद्रवासमा स्ववियू एकाई कमिटि गठन गरी ने.वि.संघ नेतृत्वलाई विजयी गराएका थिए । नेपाली कांग्रेसका श्रद्धेय नेताहरु जननायक विश्वेश्वरप्रसाद कोईराला, प्रजातन्त्रका पिता लौहपुरुष गणेशमान सिंह, सन्तनेता कृष्णप्रसाद भट्टराई, यस क्षेत्रका विकासप्रेम िनेता चक्रबहादुर ठकुरीको स्मृतिमा कार्यक्रमहरु आयोजना गरी काठमाडौं क्षेत्र नं. ३ मा पार्टीको गौरव बढाउने कार्यक्रमहरु गर्दै आएको अधिकारी बताउँछन् ।

अधिकारीले आफ्नो राजनीतिक सक्रियता सामाजिक विकास र शैक्षिक विकासमा केन्द्रीत रहेकोले आफूले विकासका लागि स्वच्छ राजनीतिमा विश्वास गर्ने बताए । उनले नेविसंघमा नेतृत्वमा रहेर शैक्षिक विकासका लागि कार्य गरिरहेका छन् । शैक्षिक सामग्री वितरण र खेलकुद सामग्री वितरण, उत्कृष्ठ विद्यार्थीहरुलाई सम्मान कार्यक्रम आयोजना गरी युवा विद्यार्थीहरुमा नेविसंघ र नेपाली कांग्रेसको राम्रो प्रभाव पारेको उनले बताए । ने.वि.संघले कोरोना कहरको कठिन समयमा गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा श्रमजिवी मजदुर, दलितवस्तिमा खाद्यान्न वितरण कार्य गर्नुका साथै जेष्ठ नागरिकहरुका लागि पौष्टिक आहार वितरण गरेको थियो । त्यसैगरी अर्थोपेडिक अस्पतालमा विरामीहरुलाई फलफुल वितरण समेत गरेको थियो ।

उनकै नेतृत्वमा छहारी युवा क्लबबाट एसएलसीमा उत्कृष्ठ जोरपाटीका १० जना विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भनें नेविसंघबाट काठमाडौं क्षेत्र नं. ३ का ए प्लस लेभलका ३३ जनालाई २०७४ सालमा सम्मान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको थियो । उनले छहारी युवा क्लबमा १५ वर्ष रहेर पूर्वी भेगीय क्रिकेट टुर्नामेण्ट सफलतापूर्वक सम्पन्न गरेको, सुन्दरीजल देखि छहारी युवा क्लबसम्म शान्तिको कामना सहित खुल्ला दौड प्रतियोगिता सफलतापूर्वक आयोजना गरेको, स्थानीय कृष्ण रथ यात्रा लगायतका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेर सामाजिक विकासका कार्यमा आफूलाई सँधैं अगाडी राख्दै आएकोले आफ्ना कामहरु स्थानीय तथा राजनीतिक क्षेत्रका अग्रज, साथिभाई, क्रियाशिल सबैले देखेकाले आफूलाई मुल्यांकन गरि इकाई सभापतिका लागि योग्य ठह¥याउने विश्वास व्यक्त गरे ।

अधिकारीले सन्तनेता कृष्ण प्रसाद भट्टराईबाट प्रभावित भएर सामाजिक विकासलाई जोड दिएर इमान्दारिता सहितको स्वच्छ राजनीतिमा विश्वास गर्ने बताए । उनले गोकर्णेश्वर नगरपालिका वडा नं. ८ मा नेपाली कांग्रेस पार्टीलाई बलियो बनाउने उदेश्यका साथ इकाई सभापतिको दावि गरेको गोकर्णेश्वर खबरलाई बताए ।