आज: १२ बैशाख २०८१, बुधबार | Wed, 24, Apr, 2024

लुम्बिनीसहित ४ प्रदेशमा भारी वर्षाको सम्भावना

गोकर्णेश्वर खबर४ श्रावण २०७८, सोमबार ११:१२ मा प्रकाशित (२ साल अघि) ३९२ पाठक संख्या

काठमाडौँ । आज (सोमबार) पनि धेरै स्थानमा पानी पर्ने र केही ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले बिहान ६ बजे जनाएअनुसार अहिले (बिहान) पनि प्रदेश १, गण्डकी, बागमती र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म र यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

यस्तै आज राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा प्रदेश १, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थानमा भारी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।